मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १ आइतबार ०९:५३:००
Read Time : < 1 मिनेट
विश्व

कसरी बन्यो कोरियाली नदी रक्ताम्य ?

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०९:५३:००

उत्तर र दक्षिण कोरियाको सीमामा रहेको एउटा नदी रक्ताम्य बनेको छ । खोलानजिकै ठूलो संख्यामा सुँगुरलाई मार्न थालिएपछि नदी नै रगतमय बनेको हो । अफ्रिकन स्वाइन फिभर (एएसएफ) को प्रकोप रोक्ने भन्दै दक्षिण कोरियाली अधिकारीले केही साताअघि खोलाको सिमानामा ४७ हजार सुँगुर मारेका थिए । सुँगुर मारेलगत्तै परेको वर्षाले रगत बगाएर इम्जिन नदीमा पुर्‍याएपछि सो नदी रक्ताम्य बनेको हो । 

अफ्रिकन स्वाइन फिभर सुँगुरमा लाग्ने एक प्रकारको संक्रमित रोग हो । यो संक्रमण फैलिएपछि सुँगुर बाँच्ने सम्भावना हुँदैन । तर, मानिसका लागि भने यो खतरनाक नभएको स्वास्थ्य अधिकारीले बताउँदै आएका छन् ।

रगतमय खोलाका कारण एएसएफको संक्रमण अन्य जनावरलाई पनि सर्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् । तर, स्थानीय अधिकारीले यसलाई ठाडै अस्वीकार गरेका छन् । सुँगुर मार्नुअघि त्यसलाई संक्रमणमुक्त गरिएको उनीहरूले बताएका छन् ।  नदीलाई प्रदूषणबाट जोगाउन आपत्कालीन कदम चालिएको पनि सरकारले जनाएको छ । 

सीमामा सयौँ ट्रक सुँगुर
संक्रमित सुँगुरलाई एक साता लगाएर मारिएको थियो । मारिएका सुँगुरलाई अन्तर कोरियाली सीमानजिकै पुर्नका लागि सयौँ ट्रकमा राखिएको छ । तर, सुँगुर पुर्न अझै केही दिन ढिलाइ हुने भएकाले त्यसका कारण अन्य रोग फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ । एएसएफ दक्षिण कोरियामा हालै पत्ता लागेको हो । दक्षिण र उत्तर कोरियालाई छुट्याउने निःशस्त्र क्षेत्रबाट ओहोरदोहोर गरिने सुँगरबाट सो रोग लागेको हुन सक्ने बताइएको छ ।