१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०९:४३:००
Read Time : > 1 मिनेट
विश्व

अतिवादी हमलाको सात महिनापछि श्रीलंकामा राष्ट्रपति निर्वाचन

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०९:४३:००

निर्वाचनमा पूर्वरक्षामन्त्री गोटावाया राजापाक्षे र वर्तमान आवासमन्त्री सजिथ प्रेमादासबीच कडा प्रतिस्प्रर्धा हुने मत सर्वेक्षणले देखाएका छन्

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । दुई सय ५० जनाभन्दा बढी मानिसको मृत्यु हुने गरी भएको अतिवादी हमलाको सात महिनापछि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको हो । शनिबारको निर्वाचन सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो । यसअघि सन् २०१० र सन् २०१५ मा निर्वाचन भएको थियो । 

निर्वाचनमा पूर्वरक्षामन्त्री गोटावाया राजापाक्षे र वर्तमान आवासमन्त्री सजिथ प्रेमादासका बीच प्रतिस्पर्धा हुने विभिन्न सर्वेक्षणले देखाएका छन् । दुवैजनाले राष्ट्रिय सुरक्षा, सुशासन र आर्थिक विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । त्यस्तै, अल्पसंख्यकको समानता, बेरोजगारी, अन्त्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माणलगायतका विषयलाई सबै उम्मेदवारले महत्वका साथ उठाएका छन् ।

दुई प्रमुख प्रतिस्पर्धीमध्ये राजापाक्षेले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नुपर्ने पक्षमा जोड दिन्छन् भने प्रेमादासले भारत र अमेरिकासँगको सम्बन्ध विस्तारलाई महत्व दिँदै आएका छन् । राजापाक्षे रक्षामन्त्री हुँदा लिबरेसन तमिल टाइगर्स (लिट्टे)सँग भइरहेको झन्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेकाले उनले जित्ने सम्भावना बढिरहेको धेरैको अनुमान छ । अर्कातर्फ, ५२ वर्षीय प्रेमादास पनि हत्या गरिएका पूर्वराष्ट्रपति रानासिंघे प्रेमादासका छोरा भएकाले सहानुभूति मत प्राप्त गर्ने आकलन गरिएको छ । रानासिंघेको सन् १९९३ मा आत्मघाती हमलामा मृत्यु भएको थियो ।  सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी छैनन् ।

निर्वाचनमा ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले कुल मतको कम्तीमा ५० प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये दोस्रो प्राथमिकतामा परेका उम्मेदवारलाई विजेता घोषणा गराउने व्यवस्था छ । 

सात महिनाअघि श्रीलंकामा अतिवादीले भीषण आक्रमण गरेका थिए । सो आक्रमणका कारण राष्ट्रपति सिरिसेनाको आलोचना भएकाले उनी उम्मेदवार नभएको बताइन्छ । इस्लामिक स्टेट समूहमा आबद्ध व्यक्तिहरूले श्रीलंका गिर्जाघर र होटेलहरूमा शृंखलाबद्ध विस्फोटन गराउँदा कम्तीमा दुई सय ५३ जनाको मृत्यु भएको थियो । सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी भएको स्विकारेको छ ।

मतदानका लागि देशभर १२ हजारभन्दा बढी मतदान केन्द्र थिए । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन सकिएलगत्तै मत गणना सुरु भएको छ । राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता थिए ।