मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
एजेन्सी
२०७५ पौष २७ शुक्रबार १६:०१:००
Read Time : < 1 मिनेट
विश्व

सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदै

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २७ शुक्रबार १६:०१:००

सिरियामा तैनाथ अमेरिकी सैनिकहरु फिर्ता हुनेक्रम सुरू भएकाे छ । अमेरिकी सैनिक प्रवक्ता कर्णेल सीन रायानले  विज्ञप्ति जारी गर्दै सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएकाे छ,'सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न ।'

Photo : U.S. ARMY

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको डाेनाल्ड ट्रम्पकाे घोषणापश्चात अमेरिकी सैनिकको फिर्ता हुन लागेकाे हाे । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ गरिएकाे छ ।