मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हु वेजिया 
२०७६ मङ्सिर १ आइतबार ०७:४२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

डिजिटल अर्थतन्त्र विश्वको नयाँ युद्ध मैदान बन्नेछ 

Read Time : > 1 मिनेट
हु वेजिया 
२०७६ मङ्सिर १ आइतबार ०७:४२:००

देश विदेश

चीनसामु डिजिटल अर्थव्यवस्थामा नयाँ अवसरका लागि विश्वव्यापी लडाइँमा आफ्नो प्रतिस्पर्धा स्थापित गर्नुपर्ने आवश्यकता छ

अमेरिका र युरोपबीच डिजिटल सार्वभौमिकताबारे जसरी रेस्लिङ खेल चलिरहेको छ, यसले चीनलाई आफ्नो डाटा सेक्युरिटी बलियो बनाउनुपर्ने महसुस गराएको छ । फाइनान्सियल टाइम्सका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले सिलिकन भ्यालीका टेक जायन्टहरूबाट युरोपले आफ्नो डाटा नियन्त्रणमा लिनुपर्ने तर्क गरेकी छिन् । यसले डिजिटल अर्थतन्त्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिन युरोपेली नेतामा सचेतना बढ्दो छ भन्ने देखाउँछ । 

डिजिटल अर्थतन्त्र  नयाँ फैलँदो अर्थतन्त्र हो । यसमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल सेयरिङ अर्थतन्त्र र अन्य धेरै सेवा समावेश छन् । यसले हाम्रो दैनिक जीवनका धेरै विषय परिवर्तन गर्दै छ । डिजिटल अर्थतन्त्रमा जो पोख्त हुनेछ, उसले नै भविष्यमा आर्थिक प्रभुत्व हासिल गर्नेछ । विश्व शक्तिहरू नयाँ अर्थतन्त्र र भविष्यको डिजिटल व्यापारमा आफ्नो भयंकर उपस्थिति देखाउन एक–अर्कासँग प्रतिस्पर्धा गर्दै छन् ।

डिजिटल अर्थतन्त्र फैलँदो गतिमा छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल सेयरिङ अर्थतन्त्र र अन्य धेरै सेवा समावेश छन् ।

युरोपेली अर्थतन्त्रहरूले डिजिटल अर्थतन्त्रको स्थिर र लयबद्ध विकासमा संस्थागत संयोजन गरेर अघि बढ्ने मनसाय देखाइसकेका छन् । डाटालाई हेरौँ, उदाहरणका लागि फाइनान्सियल टाइम्सले मर्केललाई उद्धृत गरेअनुसार इयूले डाटा व्यवस्थापन गर्न आफ्नै छुट्टै प्लेटफर्म विकास गर्नुपर्छ र अमेरिकी कम्पनी अमेजन, माइक्रोसफ्ट र गुगलले चलाएका क्लाउड सर्भिसप्रतिको निर्भरता कम गर्दै लैजानुपर्छ । यसले चीनलाई आफ्नो डिजिटल क्षमता प्रवर्द्धन गर्न थप लगानी गर्नुपर्ने महसुस गराएको छ । 

चीनले आफ्नो डिजिटल अर्थतन्त्रमा तीव्र वृद्धि गरेको छ । इन्टरनेटसँग सम्बन्धित आविष्कारहरू र ‘स्टार्ट अप’ गतिविधिको ओइरो छ । अहिले डिजिटल अर्थतन्त्र चीनको यस देशको जिडिपीको एकतिहाइबराबर हुन आउँछ । चीनसामु डिजिटल अर्थव्यवस्थामा नयाँ अवसरका लागि विश्वव्यापी लडाइँमा आफ्नो प्रतिस्पर्धा स्थापित गर्नुपर्ने आवश्यकता छ । डिजिटल युगमा अमेरिकाको वित्तीय सर्वोच्चता निरन्तर हुनेछैन । विचार गर्नुपर्ने प्रश्न, डिजिटल अर्थव्यवस्थाका नियम बनाउन युरोपसँग कसरी सहकार्य गर्ने भन्ने हो । 

चिनियाँ जनता बहुपक्षीय डिजिटल आर्थिक प्रणालीको पक्षमा छन् । विश्वव्यापी डिजिटल अर्थतन्त्र विकास भइरहेको परिवेशमा अमेरिकी वित्तीय सर्वोच्चतालाई रोक्ने प्रयास जारी राख्नुपर्ने अवस्था छ । भविष्यको डिजिटल आर्थिक नियम लेख्ने क्रममा डाटा सुरक्षा कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषय मुख्य हो । डिजिटल अर्थतन्त्रको प्रमुख आधार सूचना हो । हामी इन्टरनेटको स्वतन्त्रता र खुलापनलाई समर्थन गर्छौं, त्यस्तै डिजिटल व्यापारका अवरोध रोक्न र हटाउन प्रयास गर्छौं, तर यसको अर्थ भर्चुअल विश्वमा स्वतन्त्रताको सीमा हुँदैन भन्ने होइन । मर्केलका शब्दले हामीलाई यो याद दिलाउँछ कि डाटा सुरक्षा देशको डिजिटल सार्वभौमिकतासँग सम्बन्धित छ । चीनले आफ्नो डिजिटल सार्वभौमिकताको सुरक्षा कसरी गर्ने र डिजिटल अर्थतन्त्रलाई कसरी तीव्र गतिमा फैलाउने भन्नेबारे निरन्तर सोच्न जरुरी छ । 
(लेखक ग्लोबल टाइम्सका रिपोर्टर हुन्)
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सबाट