सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २४ बुधबार
  • Wednesday, 08 July, 2020
फाइल फाेटाे
रमेश दवाडी काठमाडौं
२०७६ कार्तिक ३० शनिबार २०:३४:००
समाचार

समाजवादी पार्टीको निर्णय : राजपासँग पार्टी एकता गर्ने विषयको जिम्मा पदाधिकारीलाई

रमेश दवाडी काठमाडौं
२०७६ कार्तिक ३० शनिबार २०:३४:००
?>

समाजवादी पार्टी नेपालले राजपासँगको पार्टी एकता र सरकार छोड्ने/नछोड्ने विषयको जिम्मा पदाधिकारीलाई दिएको छ । राजधानीमा दुईदिन चलेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समितिको निर्णयको जानकारी दिदै डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले पदाधिकारीलाई जिम्मा दिएको बताए । ‘राजपासँगको एकता र सरकार बारे कहिले कुन तरिकाबट छोड्ने भन्ने विषय टुंगो लगाउने जिम्मा केन्द्रीय समितिले पदाधिकारीलाई दिएको छ,’ पाण्डेले भने, ‘पदाधिकारीको बैठक सम्भवत भोलि (आइतबार) बस्छ ।’ 

समाजवादीको केन्द्रीय समितिको बैठकलाई चासोपुर्वक हेरेको राजपाले पार्टी समाजवादी सरकारबाट बाहिरिए मात्रै पार्टी एकता गर्ने सर्त राख्दै आएको छ । स्रोतकाअनुसार अध्यक्ष उपेन्द्र यादव पक्षले सरकार तत्काल नछाड्ने र बाबुराम पक्षले सरकार छाडेर राजपासँग पार्टी एकता गर्नुपर्ने धारणा बैठकमा चलेको थियो । संविधान संशोधनलगायतका विषय लिएर उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

राजपासँग पार्टी एकता र सरकार छोड्ने÷नछाड्ने विषयमा टुंगो लगाउने जिम्मा केन्द्रीय समितिले पदाधिकारीलाई दिएको हो ।