१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ३० शनिबार १८:४७:००
Read Time : < 1 मिनेट
समाचार

हेटौंडामा दुई बेवारिसे शव फेला

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १८:४७:००

हेकटौंडामा शनिबार दुई वेवारिसे शव फेला परेको छ । नदि किनारमा एक पुरुष र सामुदायिक वन भित्र एक महिलाको शव फेला परेको हो । 

हेटौडा १३ स्थित राप्ती दोलाको किनारमा अन्दाजी करिब ४० वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयको भनाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमा सिंहले पुरुषले अधिक रक्सी सेवन गरेको हुन सक्ने अनुमान गरेका छन् । 

त्यसै गरी हेटौडा १९ स्थित चनौता सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । शव जलेको अवस्थामा फेला परेकाले पहिचान गर्न नसकिएका प्रहरीले जनाएको छ । अस्थिरपञ्जर मात्र फेला परेको एसपी सिंहले बताए । 

दुवै शवको पहिचान हुन नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।