मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ३० शनिबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार

ढुंगा बोकेका २० टिपर नियन्त्रण, खेती योग्य जमिन बगर बन्ने भाे

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार १७:४४:००

जिल्लाको बेलका नगरपालिका-४ र ६ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट अवैध ढुंगा उत्खनन् गरेकाे भन्दै २० वटा टिपर र एउटा स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । नदी दोहनले विपती निम्तिने भन्दै स्थानीयले लोड गरिएका टिपरलाई तीन दिनदेखि नियन्त्रणमा लिएका हुन् ।

'मापदण्ड विपरीत नदी दोहन हुँदा खेती योग्य जमिन बगर बन्ने भो । त्यसैले हामीले टिपर नियन्त्रणमा लिएका हाैँ,’ स्थानीय प्रेम अधिकारीले भने । नगरपालिकाले ठेकेदारसँग नदीजन्य पदार्थकाे उत्खनन् बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्र गर्नुपर्ने सम्झाैता गरेकाे छ । तर टिपरले राति १२ बजे ढुंगा ढुवानी गरेपछि स्थानीयले टिपर रोकेको अधिकारीले बताए ।

नियम विपरीत ढुंगा उत्खनन् भएको छैन, सम्झौतामा तोकिएअनुसार नै काम भइरहेको नगर प्रमुख दुर्गाकुमार थापाले बताएका छन् । उनले स्थानीयको माग के हो नबुझिएको बताए । उनले भने, ‘हामीले उहाँहरूलाई छलफलका लागि नगरपालिकामा बोलाएका छाैँ । उहाँहरू आउनु भएन ।’

गत भदौमा नगरपालिका र विपी कन्स्ट्रक्सनबीच तीन करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा खोला उत्खनन् गर्दा नदीको धार बंग्याउन नपाइने र कुनै संस्था वा व्यक्तिको जग्गालाई नोक्सान पुर्याउन नहुने उल्लेख गरेकाे स्थानीय माया वलीले बताइन ।