१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १६:५८:००
Read Time : < 1 मिनेट
विश्व

आगामी महिना नाै वर्षीय बच्चाले स्नातक तह पूरा गर्ने, पिएचडी गर्ने याेजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार १६:५८:००

बेल्जियममा एक नौ वर्षीय बालकले स्नातक तह पूरा गर्ने भएका छन् । लरेण्ट सिमोंस नाम गरेका बालकले आइण्डहोवन युनिभर्सिटी अफ टेक्नोलोजी (टियुई)बाट इलेक्ट्रिकल इञ्जिनियरिङ्ग गरिरहेका छन् । युनिभर्सिटीका स्टाफका अनुसार उनको क्षमता असाधारण रहेको छ । लरेण्टले आगामी डिसेम्बरमा आफ्नो स्नातकको पढाइ पूरा गर्ने भएका हुन् ।

लरेण्टका पिताले समाचार संस्था सिएनएनसँग भनेका छन्, 'छाेराले इलेक्ट्रिकल इञ्जिनियरिङ्गमा पिएचडी गर्ने याेजना बनाएका छन् । यसका साथै उनी मेडिकल विषयमा समेत डिग्री गर्न चाहन्छन् ।' 

यस्तै, लरेण्टकी आमा लिडाले छाेरा पढाइमा अब्बल भएकाे बताएकी छन् । लरेण्टका आमा बुवाले छाेराकाे दिमाग तेज भएकाे बताएका छन् । कुराकानीकाे क्रममा लरेण्टकी आमाले मजाकमा भनिन्, 'सायद म गर्भवती हुँदा धेरै माछा खाएकाले छाेराकाे दिमाग तेज भएकाे हाेला ।' एजेन्सी