Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार ०९:२८:००
Read Time : < 1 मिनेट
अर्थ

‘पल्सर डेयर भेन्चर–४’  रियालिटी सो आजदेखि सुरु

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार ०९:२८:००

बाइक रियालिटी सो ‘पल्सर डेयर भेन्चर’को चौथो सिजन आजदेखि सुरु हुँदै छ । राति ९ बजेदेखि ‘एपी वान एचडी’ टेलिभिजनमा पल्सर डेयर भेन्चर प्रसारण हुनेछ । पल्सर डेयर भेन्चर मुलुककै पहिलो साहसिक एवं रोमाञ्चक बाइक रियालिटी सो हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर रियालिटी सो गर्दै आइरहेको छ । 

यसअघिका तीन सिजनहरू क्रमशः मुस्ताङ, सोलुखुम्बु र मनाङमा आयोजना गरिएकोमा चौथो सिजन भने भारतको लदाखमा गरिएको छ । लदाख बाइक राइडरका लागि साहसिक र रोमाञ्चक गन्तव्य मानिन्छ । नेपाली डाइरेक्टर सिमोस सुनुवार र भारतीय डाइरेक्टर विवेक भूषण माथुर (बम्पी) ले चौथो सिजनको निर्देशन गरेका छन् । चौथो सिजनमा बम्पीले क्रिएटिभ डाइरेक्टरको भूमिकासमेत निभाएका छन् ।

इन्डियन फिल्म इन्डस्ट्रिजमा दुई दशक लामो अनुभव बटुलेका बम्पी इन्डियन रियालिटी सो क्षेत्रका ‘किङ’ मान्निछन् । यस्तै, पल्सर डेयर भेन्चरको दोस्रो सिजनदेखि प्रवेश गरेका सिमोस पनि लामो अनुभव सँगालेका निर्देशक हुन् । यो सो नेपाली युवामाझ निकै लोकप्रिय रहँदै आएको छ । प्रतिस्पर्धात्मक यस सोका विजेताले १० लाख रुपैयाँसहित ‘पल्सर एनएस २००’ प्राप्त गर्नेछन् ।