मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार ०९:००:००
Read Time : < 1 मिनेट
सप्तरंग

मह जोडीलाई ‘सूर्य रत्न अवार्ड’ 

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ कार्तिक ३० शनिबार ०९:००:००

यस वर्ष ‘सूर्य रत्न सम्मान’द्वारा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिने भएको छ । सूर्य कर्पोरेसनले आयोजना गर्ने ‘सूर्य इन्टरनेसनल अवार्ड २०१९’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । जापानको राजधानी टोकियोमा कर्पोरेसनले नोभेम्बर २४ मा दोस्रो शृंखला आयोजना गर्न लागेको कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताए । 

नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० भन्दा बढी सेलिब्रेटी र मिडियाकर्मी सहभागी हुनेछन् । कार्यक्रममा चार दशकदेखि सक्रिय फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजनकले जनाएको छ ।

त्यस्तै, दुई दशक लामो कलाकारिता यात्रा तय गरेका  विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’  प्रदान गरिनेछ । दुई दशकदेखि  रंग पत्रकारिता गर्दै आएका फिल्म निर्देशकसमेत रहेका लक्ष्मण सुवेदीलाई  ‘सूर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजनकले जनाएको छ । अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ ।

यसपटक अवार्डमा सहभागी हुन नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, श्वेता खड्का लक्ष्मण सुवेदीलगायत जापान जाने आयोजकले जनाएको छ ।