मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ३० शनिबार ०८:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

हलमा सम्हाली राख है

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०८:३१:००

शुक्रबारदेखि फिल्म ‘सम्हाली राख है’ देशभर प्रदर्शनमा आएको छ । युवायुवतीमा पछिल्लो समय मौलाएको प्रेमकथालाई  सन्देशमूलक तरिकाले समेटेर फिल्म बनाएको निर्माता हरिकृष्ण महर्जनले बताए । आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा अर्जुन कुवँर, शितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अञ्जना खत्री, आरएल लामा, शंकर कार्कीलगायतको अभिनय छ ।  

तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा  हरिकृष्ण महर्जनको निर्माण रहेको फिल्मका श्यामकृष्ण महर्जन सह निर्माता हुन् । फिल्ममा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द्व, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ । निर्देशक आरएल मोक्तानकै पटकथा र संवाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाईँ हुन् ।