१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नरजन तामाङ
२०७५ पौष २७ शुक्रबार १४:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

सदरमुकाममै  चिनियाँ मदिरा (झिनगिन्टी) भेटियो

Read Time : < 1 मिनेट
नरजन तामाङ
२०७५ पौष २७ शुक्रबार १४:२९:००

सदरमुकाम सिमकोटमा अवैध चिनियाँ मदिरा (झिनगिन्टी) फेला परेको छ । बजार गस्तीको क्रममा दुरसञ्चार मार्गबाट बेबारिसे अवस्थामा मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी हरिहर खड्काले बताए ।

सिमकोट गाउँपालिका स्थित तीनधारा नजिकैको पाखो बारीमा बेवारिसे अवस्था १५ कार्टुन दुई बोतल अवैध झिनगिन्टी र ४२ बोतल चिनियाँ क्यान बियर फेला परेको उनले बताए ।

अवैध मदिराबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।