मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार

पूर्व मन्त्री आलम पूर्पक्षका लागि थुनामा 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार १७:५१:००

पूर्व मन्त्री एवं सांसद अफताव आलमलाई कर्तव्य ज्यानसहितको मुद्दामा रौतहट जिल्ला अदालतले शुक्रबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनको थुनछेक बहस सकिएपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयले आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विष्फोटन गरेको भन्दै अभियोगपत्र दायर गरेको थियो । आठ दिनको थुनछेक बहसपछि अदालतले आदेश गरेको हो ।

आलम छुटने आशमा ठूलो संख्यामा उपस्थित उनका समर्थक अदालतको आदेशपछि निराश भएका थिए । दुबै तर्फका कानुन व्यावसायीको बहस सकिएपछि आलमले न्यायाधीश समक्ष भनाइ राख्दै आफूलाई सरकारले फसाएको बताएका थिए । उनले राजपुरमा पटकासमेत नपड्किएको दावी गर्दै  बमको कुरा कसरी आयो भन्दै प्रश्न गरे । 

२७ चैत ०६४ मा संविधान सभा निर्वाचनको बेला बम बनाउन लगाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा प्रहरीले आलमलाई १२ वर्षपछि पक्राउ गरी मुद्दा चलाएको हो ।

इँटाभट्टामा जलाएर पाँचजनाको हत्या अभियोगमा सांसद आलम पक्राउ