मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार १५:११:००
Read Time : < 1 मिनेट
समाचार

आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश हुने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार १५:११:००

पूर्व मन्त्री एवं सांसद अफताव आलमविरुद्ध कर्तव्य ज्यानसहितको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ । आलम पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सरकार र पीडितका तर्फबाट प्रति बहस भएको थियो ।

अपरान्ह ३ः०० बजे बहस सकिएपछि अदालतले आदेश सुनाउने तयारी गरेको छ । आलमका तर्फबाट २८ कानुन व्यावसायीले बहस गरेका थिए । सरकार र पीडितका तर्फबाट १३ जनाले बहस गरे ।

अदालत आसपास सुरक्षा कडा बनाइयो 
अदालतले आदेश सुनाउने भएपछि गौरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

रौतहट जिल्ला अदालत आसपास प्रहरीको बाक्लो उपस्थिति छ । आलमलाई अभियोगपत्रसहित अदालत पेश गरेदेखि नै गौरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।