Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार १४:२३:००
Read Time : < 1 मिनेट
प्रदेश

क्यान्सर पीडित बालकलाई ११ लाख भन्दा बढी सहयोग

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार १४:२३:००

बोन क्यान्सरबाट पीडित बालक युमन गुरुङको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । न्यूजल्याण्ड, बेलायत, पोर्चुगल लगायत विदेशमा बस्ने नेपाली र स्थानीय आफन्तजनको सयोगमा बोन क्यान्सर पीडित गुरुङको लागि ११ लाख ३८ हजार आठ सय ४१ रुपैयाँ संकलन भएको हो । 

संकलित रकम बिहीबार युमनको अभिभावकलाई हस्तान्तरण गरिएको छ । 

बेसीसहर नगरपालिका ५ नाल्मा घर भई हाल बेसीशहर ७ सातविसेमा बस्दै आएका १२ वर्षीय युमन गत साउनदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । युमनको उपचारमा धेरै खर्च लाग्ने भएपछि पीडित परिवारले सहयोगको अपिल गरेका थिए । उनी बेसीशहरस्थित भूपु सैनिक आवासीय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । 

गुरुङलाई यस अघि उपचारको लागि विद्यालयले ५० हजार रुपैयाँ सहयोग गरिसकेको छ । 

संकलित रकम बोन क्यान्सर पीडितका बुबा भक्तबहादुर गुरुङलाई प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले  हस्तान्तरण गरेका हुन् ।