मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १३:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १३:१५:००

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । त्यस अवसरमा उनलाई नेपाली सेनाले सलामीसमेत अपर्ण गरेको थियो ।

समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरुको सहभागिता रहेको थियो । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो । 

यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन् । उनीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनमा सार्वजनिक विदा नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रशासनिक कौशलतालाई ग्रहण गरेर अघि बढन नेताहरुलाई सर्वसाधारणको सुझाव छ ।