मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ

‘पल्सर डेयर भेन्चर–४’  भोलिदेखि सुरु

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०६:५६:००

चर्चित बाइक रियालिटी शो ‘पल्सर डेयर भेन्चर’को चौथो सिजन शनिबारदेखि सुरु हुँदै छ । रियालिटी सो राति ९ बजेदेखि एपी वान टेलिभिजनमा प्रसारण हुने बताइएको छ । बजाजको नेपाली वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले बाइकको रियालिटी सो गर्दै आएको छ ।

पल्सर डेयर भेन्चर मुलुककै पहिलो साहसिक बाइक रियालिटी सो हो, जुन लोकप्रिय बनेको छ । पहिलोपटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी राइडरहरूलाई भारतको लद्दाख लगेको छ । विश्वकै अग्ला मोटरेबल पासहरू रहेको लद्दाख बाइक राइडरको लोकप्रिय गन्तव्य हो । राइडरहरूले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरि असीमित रोमाञ्चक अनुभव बटुलेका छन् । उनीहरूले सीमावर्ती बाइकयात्राको अनुभव र मज्जा पनि लिएका छन् । पल्सर डेयर भेन्चरको विजेताले १० लाख रुपैयाँसहित ‘पल्सर एनएस २००’ प्राप्त गर्नेछ । 

पल्सर डेयर भेन्चरले तीनवटा सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो सिजन २०१४ दोस्रो सिजन २०१५ र तेस्रो सिजन २०१७ मा नेपाली भूमिमा सम्पन्न भएको थियो । नेपाली डाइरेक्टर सिमोस सुनुवार र इन्डियन डाईरेक्टर विवेक भूषण माथुर (बम्पी)ले चौथो सिजन निर्देशन गरेका छन् । 

(बिहीबार प्रकाशित ‘पल्सर डेयर भेन्चर चौथो सिजनका निर्देशक सिमोस र विवेक’ शीर्षक समाचारमा विवेकभूषण माथुर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.)