मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०७:२८:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न ‘ट्राभल सो’

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०७:२८:००

नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘भिजिट नेपाल इयर २०२०’को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा पल्सर द नेक्स्ट डेस्टिनेसन’ नामक पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ । कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजनमार्फत प्रसारण हुने बताइएको छ । 

द होराइजन मल्टिमिडिया प्रालि तथा सचिवालयको सहकार्यमा निर्माण गरिएको कार्यक्रम नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने बताइएको छ । नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्य समेटिने कार्यक्रम नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा निर्माण गरी विभिन्न माध्यमबाट विदेशमा समेत प्रचार–प्रसार गरिनेछ ।