मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०७:२३:००
Read Time : < 1 मिनेट
विश्व

मन्दिरमा महिलाको प्रवेश अधिकारबारे अदालतको निर्णय पुनर्विचार गरिने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०७:२३:००

भारतको सर्वोच्च अदालतले रजस्वला हुने उमेर समूहका महिलालाई मन्दिरभित्र प्रवेश गर्न अनुमति दिने ऐतिहासिक फैसला पुनर्विचार गर्ने जनाएको छ । गतवर्ष सर्वोच्च अदालतको पाँच सदस्यीय इजलासले दक्षिणी राज्य केरलाको सबरिमाला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेशमा रोक लगाउनु विभेद हुने भन्दै जोसुकै महिला मन्दिरभित्र प्रवेश गर्न सक्ने जनाएको थियो ।

फैसलाको विरोधमा केरला राज्यमा महिनौँसम्म प्रदर्शन भएका थिए । फैसलासँगै मन्दिर प्रवेश गर्न खोज्ने महिलालाई बाहिर निकाल्नुका साथै कतिपयलाई आक्रमणसमेत गरिएको थियो । मन्दिरभित्र प्रवेश गर्न पाउनुपर्छ भन्ने अभियान चलाएका महिलालाई अदालतको पछिल्लो निर्णयले थप आक्रोशित बनाएको छ ।

हिन्दू धर्मअनुसार रजस्वलाको समयमा महिलालाई अपवित्र मानिन्छ र सो अवधिमा धार्मिक कार्यमा सहभागी हुन वर्जित छ । तर, सबरिमाला मन्दिरमा भने १० वर्षदेखि ५० वर्षका महिलालाई नै प्रवेशमा रोक लगाइएको छ ।

के भन्यो अदालतले ?
गत वर्ष जुनसुकै उमेरका महिला मन्दिरभित्र जान सक्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनर्विचार गर्न माग गर्दै एक दर्जनभन्दा बढी निवेदन परेका थिए । ती निवेदनउपर निर्णय सुनाउँदै सो विषयलाई एउटा बृहत् इजलासले पुनरावलोकन गर्न सकिने अदालतले जनाएको छ । तर, अदालतले आफ्नो पूर्वफैसलालाई पनि खारेज गरेको छैन । 

यसको अर्थ महिलाहरू अझै पनि कानुनी रूपमा मन्दिर प्रवेश गर्न पाउँछन् । तर, उनीहरूका लागि सहज भने छैन । मन्दिरका अधिकारीले फैसलाको स्वागत गर्दै महिलालाई मन्दिरपरिसरबाहिरै बस्न आग्रह गरेका छन् ।