१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०६:३०:००
Read Time : > 1 मिनेट
समाचार

पाँच घन्टा पोखरा बसेर काठमाडौं फर्के बंगलादेशका राष्ट्रपति

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०६:३०:००

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद पाँच घन्टा पोखरा बसेर काठमाडौं फर्किएका छन् । बिहीबार बिहान ११ः४४ बजे नेपाली सेनाको विशेष विमानमार्फत उनी पोखरा विमानस्थलमा ओर्लेका थिए । उनको स्वागतका लागि विमानदेखि विशिष्टकक्षसम्म रातो कार्पेट बिच्छाइएको थियो । 

हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।

 हमिदको भ्रमणले पर्यटन वर्षलाई फाइदा पुग्ने विश्वास
बंगलदेशका राष्ट्रपति हमिदको भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने आँकलन गरिएको छ । हमिदको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको प्रचार भएकाले प्रदेशसँगै संघीय सरकारले अघि सारेका योजनालाई सहयोग पुग्ने बताइएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेसँगै सो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको संख्या बढेको थियो । हमिदको भ्रमणपछि नेपालसँगै यस क्षेत्रमा भ्रमण गर्न आउने बंगलादेशी पर्यटकको संख्या बढ्ने विश्वास लिइएको छ । 

हमिदको भ्रमणलाई मध्यनजर गर्दै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार जिल्ला सुरक्षा व्यवस्था समितिले भिआइपी सेक्युरिटीका लागि व्यवस्था गरेको सुरक्षा मापदण्डअनुसार केन्द्रबाट खटिएको टोलीसँग समन्वय गरेर सुरक्षा प्रदान गरेको थियो ।

प्रहरीको मोटरबोटबाट फेवाताल एक फन्को
विमानस्थलबाट श्रीमतीसहित १२ः१५ बजे  फिस्टेल गेट पुगेका उनले नेपाल प्रहरीको मोटरबोटमा चढेर फेवाताललाई एक फन्को लगाएका थिए । करिब १० मिनेट ताल सयरमा बिताएका उनले ताल सयरका क्रममा ताल किनारमा रहेका सर्वसाधारणलाई  हात हल्लाएर अभिवादनसमेत गरेका थिए । त्यसपछि उनी फिस्टेल लजमा पुगेका थिए । लजबाट गाडीमार्फत पोखरा विमानस्थल पुगेका उनी सेनाको विमानमार्फत सिधैँ कास्कीको रूपा गाउँपालिकास्थित रूपाकोट रिसेर्टमा १५ः१५ बजे पुगेका थिए ।

रिसोर्टमा उनलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, पोखरा महानगरपलिकाका मेयर मानबहादुर जिसी, रूपा गाउँपालिका अध्यक्ष नवराज ओझालगायतले स्वागत गरेका थिए । 

रिसोर्टको माथिल्लो भागमा गएर पोखरा उपत्यकासँगै फेवाताल, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमशृंखला, लेखनाथस्थित बेगनास, रूपा, मैदीताललगायत मनोरमस्थलको दृश्यावलोकन गरेका थिए । रिर्सोटमा करिब ७७ मिनेट बिताएका उनी १६ः३२ बजे काठमाडौंका लागि प्रस्थान गरेका थिए ।