मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २८ बिहीबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार

आलम प्रकरण : रौतहट बम काण्डका घाइतेले सुरक्षा माग गर्दै अदालतमा दिए निवेदन

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार १७:३४:००

राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारले सुरक्षाको माग गर्दै बिहीबार जिल्ला अदालत गौरमा निवेदन दिएका छन् ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमका मान्छेहरूबाट आफू असुरक्षित भएको भन्दै उनले अदालतमा निवेदन दिएका हुन् । बम विष्फोटमा घाइते भएका चमारले केही दिन अघि बयान फेर्दै बमले नभई स्टोभ पड्केर घाइते भएको निवेदन लिएर जिल्ला अदालत जाँदा पक्राउ परेका थिए ।

विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको छ । चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै केही समय पहिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । २५ कात्तिकमा उनले बयान फेर्दै मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका थिए ।

प्रहरीले पक्राउ गरेपछि उनले आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको बताएका थिए । उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट पारेका छन् ।

‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११४(१) बमोजिम आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाई अबिलम्ब मेरो बकपत्र गराई पाउन सम्मानित अदालतसमक्ष यो निवेदन पेश गरेको छु,’ उनले दिएको निवेदनमा उल्लेख छ ।