Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २८ बिहीबार १५:४९:००
Read Time : < 1 मिनेट
समाचार

निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने संसदीय समितिको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २८ बिहीबार १५:४९:००

निजामती कर्मचारीहरुको सेवा अवधि ६० वर्ष कायम हुने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाका कर्मचारीको सेवा अवधिको उमेर हद ६० वर्ष पु-याउने निर्णय गरेको हो । 

निजामती कर्मचारीहरुको अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरह ६० वर्ष पु-याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए । तर हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पु-याईनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पु-याउने निर्णय भएको दाहालले बताए ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’माथि बिहीबार पनि छलफल गरिएको थियो । बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति पनि गरेको छ ।