मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २८ बिहीबार १०:५३:००
Read Time : > 2 मिनेट
अर्थ

पल्सर डेयर भेन्चर : चौथो सिजनका निर्देशक विवेक र सिमोस

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २८ बिहीबार १०:५३:००

चर्चित बाइक रियालिटी सो ‘पल्सर डेयर भेन्चर’को चौथो सिजन भारतको लद्दाखमा भएको छ । लद्दाख कुनै पनि बाइक राइडरका लागि ‘ड्रिम प्लेस’ हो । अघिल्ला तीन सिजन मुस्ताङ, सोलु र मनाङमा आयोजना गरिएको थियो । र, डाइरेक्सन पूरै टिम नेपाली थियो । 

तर, यसपटक डाइरेक्टरको टिममा नेपाली र इन्डियनले काम गरेका छन् । नेपाली टिमको नेतृत्व सिमोस सुनुवारले गरेका छन् भने इन्डियन टिमको नेतृत्व विवेक भूषण माथुर (बम्पी)ले गरे । इन्डियन रियालिटी सोका हस्ती बम्पीले क्रियटिभ डाइरेक्टरको भूमिका निभाएका छन् । यो सिजनको लोकेसन नै इन्डियाको ‘एक्स्ट्रिम ठाउँ थियो । दुई देशका अनुभवी डाइरेक्सन टिमको कम्बिनेसनले चौथो सिजन उत्कृष्ट बनेको एचएच बजाजकी सहायक महाप्रबन्धक पुनम सिंह बताउँछिन् ।

‘इन्डियन रियालिटी सो’का हस्ती

विवेक भूषण माथुर (बम्पी)
क्रिएटिभ डाइरेक्टर, पल्सर डेयर भेन्चर

इन्डियाका चर्चित निर्देशक विवेक भूषण माथुर । इन्डियन फिल्मी उद्योगमा उनी बम्पी भनेर चिनिन्छन् । उनी फिल्म मेकर, एक्टर र प्रोडुसर हुन् । इन्डियन ‘रियालिटी सो’ क्षेत्रका ‘किङ’ नै हुन् । उनले धेरै चर्चित रियालिटी सोहरू डाइरेक्सन गरेका छन् । इन्डियन फिल्म इन्डस्ट्रिजमा उनको दुई दशकभन्दा लामो अनुभव छ । रियालिटी सो क्षेत्रका हस्ती बम्पीले पल्सर डेयर भेन्चरमा पनि क्रिएटिभ इनपुट दिएका छन् ।

पल्सर डेयर भेन्चरको चौथो सिजन अघिल्ला सिजनभन्दा धेरै फरक बनेको छ । सोको पूरै फम्र्याट नै परिवर्तन भएको छ । बम्पीको एक्स्पर्टिज पल्सर डेयर भेन्चरको चौथो सिजनमा देख्न सकिनेछ । हरेक टास्कहरू उत्कृष्ट बनाउन बम्पी निकै खटिएका छन् । उनको टिममा रहेका एसोसिएट डाइरेक्टरहरू पनि धेरै अनुभवी थिए । 

बम्पीले हिन्दी फिल्मसमेत निर्देशन गरेका छन् । उनले बनाएका फिल्मले राम्रो सफलता पनि हात पारे । ‘बैंक चोर’, ‘भाइरस दिवाना’, ‘लवका द इन्ड’ बम्पीका चर्चित फिल्म हुन् । उनले टेलिभिजन रियालिटी सोको स्क्रिप्ट लेख्ने र निर्देशन गर्ने गर्छन् । इन्डियाकै सर्वाधिक लोकप्रिय रियालिटी सो ‘एमटिभी रोडिज’लाई अहिलेको उचाइमा पुर्‍याउने उनै हुन् । 

एमटिभी स्टन्टमेनिया, स्प्लिट्सभिल्ला, नेक्सा जोर्नी, टाटा मोटोर्स कनेक्टिङ एस्पिरेसन्स, नोकिया पिडिडी नाइट अफ नोकिया केकेआर ५२० एक्सपेरिमेन्ट, लाइफ लफ्डा और बन्दियान, पे ब्याकलगायत चर्चित रियालिटी शो बम्पीले नै निर्देशन गरेका हुन् । उनले चर्चित ब्रान्डका धेरै टिभी विज्ञापन पनि बनाएका छन् । यस्तै, फेसन सोमा पनि उनको राम्रो अनुभव छ ।

अनुभवी डाइरेक्टर

सिमोस सुनुवार 
डाइरेक्टर, पल्सर डेयर भेन्चर

बुबा पाण्डव सुनुवारको सोच छोरोलाई इन्जिनियर वा ब्रिटिस आर्मी बनाउने थियो । आफू कला क्षेत्रमा भएकाले उनी छोरालाई फरक क्षेत्रमा करिअर बनाएको देख्न चाहन्थे । तर, बुबाको चाहनाविपरीत सिमोस स्कुल पढ्दै म्युजिक क्षेत्रमा होमिए । उनी ९÷१० कक्षा पढ्दा ‘द मुभ’ ब्यान्डमा जोडिए जहाँ धीरज राई भोकलिस्ट थिए भने उनी किबोर्ड र ब्याकग्राउन्ड म्युजिकमा ।

उनले सानैदेखि गीत रेकर्डिङ र एरेन्ज गर्न थाले । एक दिन रेडियो नेपालमा काम गर्ने धनेन्द्र विमलीले उनलाई रेडियोमा बज्ने विज्ञापन (जिंगल) कम्पोज गर्नका लागि अफर गरे । उनले विज्ञापन कम्पनी थम्सनसँग जोडिएर जिंगल बनाउन थाले । उनले चर्चित कम्पनी÷ब्रान्डको रेडियो विज्ञापन बनाए र ग्राफिक्स डिजाइनमा पनि हात हाले । 

टिभीका विज्ञापन बनाउन थालेपछि थम्सनको जागिर छोडेर भिस्टा इन्टरटेनमेन्टमा जोडिए । उनी एडिटिङ, डिरेक्सन र ग्राफिक्स सबै काम गर्थे । पहिलोपटक सन् २००० तिर १९७४ एडीको ‘बाँच अनि बाँच्न देऊ’ गीतको म्युजिक भिडियो बनाएका उनले आस्था ब्यान्डको ‘हरपल त्यो मुस्कानको’ गीतको म्युजिक भिडियो बनाए । ‘विज्ञापन मुख्य काम छँदै थियो, उता म्युजिक भिडियो बनाउन पनि धेरै अफर आउन थाले,’ उनी सम्झन्छन् । 

उनले सय हाराहारी म्युजिक भिडियो बनाएका छन् । सबै म्युजिक भिडियो चर्चित बनेको बताउँछन् । यही क्रममा स्पेस टाइम नेटवर्क (च्यानल नेपाल)मा चिफ एक्जुकेटिभ प्रोडुसर भएर २ वर्ष काम गरे । त्यहीवेला ‘मिसन पैसा’ नामक फिल्म बनाए । त्यसपछि ‘फस्ट लभ’, ‘रिलोडेड’ र ‘झानाकुटी’ फिल्म बनाए । उनी जस्तो पायो त्यस्तो विज्ञापनमा काम गर्दैनन् । चर्चित कम्पनी÷ब्रान्डका विज्ञापन उनैले बनाउँछन् । उनी प्रिमियम विज्ञापन निर्माता भनेर चिनिन्छन् । म्युजिक भिडियो, फिल्ममा पनि समय दिइरहेका छन् । 

पल्सर डेयर भेन्चरको दोस्रो संस्करणदेखि उनले रियालिटी सो निर्देशनमा पनि हात हाले । पल्सर डेयर भेन्चरको पहिलो सिजनमा उनले ‘प्रोमो’ बनाउने मौका पाएका थिए जुन बजाज कम्पनीले मन पराएको थियो । दोस्रो सिजनको डाइरेक्सन गर्नकै लागि प्रस्ताव गर्‍यो । उनका लागि दोस्रो संस्करण सिकाइकै चरण रहे पनि तेस्रो हुँदै चौथो सिजनसम्म आइपुग्दा राम्रो अनुभव हासिल गर्ने मौका बन्यो । उनले आफूलाई रियालिटी सो निर्देशनमा पनि अब्बल सावित गरेका छन् । भारतको लद्दाखमा भएको चौथो सिजनमा इन्डियाको अनुभवी टिमसँग मिलेर काम गर्दा अझ खारिने मौका पाएको उनी बताउँछन् ।