मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २८ बिहीबार ०९:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् अनिद्राले निम्त्याउने रोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २८ बिहीबार ०९:३९:००

अनिद्राका कारण सम्झने शक्तिमा कमी आउँछ । यसले मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

  •  अनिद्राका कारण शरीरमा कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । 
  •  अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटुसम्बन्धी रोगको खतरा पनि बढेर जान्छ ।
  •  निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ । यसका कारण मानसिक तनाव उत्पन्न भई पाचन प्रक्रिया पनि धिमा हुने समस्या निम्तिन जान्छ । 
  •  अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउँछ । यसका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।
  •  अनिद्राको समस्या भएमा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । 
  •  मौसमले पनि निद्रालाई प्रभावित पार्न सक्छ । गर्मी मौसममा बढी र जाडो मौसममा कम निद्रा लाग्ने हुन सक्छ । 
  •  अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।