Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २८ बिहीबार ०८:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रकाश सपुतसँग काम गर्न सहज : निशान बानियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २८ बिहीबार ०८:१२:००

संगीत संवाद

म गीत लेख्छु, संगीत दिन्छु र म्युजिक भिडियो निर्देशन गर्छु । मेरो पृष्ठभूमि भने लोकगीत हो । तर, लोक र आधुनिक दुवै गीतको म्युजिक भिडियो निर्देशन गर्दै आएको छु ।

कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको स्वर रहेको ‘मायाले मन जल्छ’, विष्णु माझीको स्वर रहेको ‘पर्छ सधैँ रुन’, खुमन अधिकारीले गाउनुभएको ‘तिमीलाई हेर्ने आँखा’ तथा कुलेन्द्र विक र देवी घर्तीको स्वर रहेको ‘बितेका पल’ मलाई चिनाउने गीत हुन् । यसबीचमा ७० वटा म्युजिक भिडियोको निर्देशन गरिसकेँ । अहिलेका चल्तीका कलाकारहरू दुर्गेश थापा, प्रकाश सपुतलगायतसँग काम गरिसकेको छु । 

सबैजना काम गर्दा सहज नै हुनुहुन्छ । तर, गायक प्रकाश सपुतसँग काम गर्दा मलाई सबैभन्दा सजिलो लाग्यो । मोडलहरूमध्ये अनु शाहसँग काम गर्न बढी सहज लाग्यो । मेरो पढाइ भने फार्मेसी हो । तर, पानस डिजिटल प्रालि नामक संगीत कम्पनी खोलेपछि पढाइभन्दा फरक पाटोमै जमेँ । पानसमा रेकर्डिङ, अडियो, भिडियो सबैको काम हुन्छ ।