मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७६ कार्तिक २८ बिहीबार ०७:०२:००
Read Time : < 1 मिनेट
समाचार

आमाको नामबाट नागरिकता लिन समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महोत्तरी
२०७६ कार्तिक २८ बिहीबार ०७:०२:००

जलेश्वर नगरपालिका–४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् ।

रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, उनका बुबा भने भारतीय नागरिक हुन् । बुबा भारतीय नागरिक भएकाले रविलाई वंशजको नागरिकता दिन नमिल्ने स्थानीय प्रशासनले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिकका सन्तानलाई नागरिकता दिन नमिल्ने बताएपछि उनीहरू निराश छन् । नेपालमै जन्मे हुर्केर पनि नेपाली नागरिकता नपाउने रवि मात्र एक्ला होइनन् । महोत्तरीमा करिब दुई सय यस्ता युवा छन्, जो आमाको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा भौतारिइरहेका छन् । 
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री रवि पासवानजस्ता आमा नेपाली र बुबा भारतीय हुनेलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन 
नसक्ने बताउँछन् ।