मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २८ बिहीबार ०६:४९:००
Read Time : < 1 मिनेट
समाचार

१०१ स्थानीय तहमा खटाइए ९३ नर्स

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ०६:४९:००

आर्थिक वर्ष ०७५/०७६ मा नमुना योजनाका रूपमा अघि बढाइएको ‘एक विद्यालय, एक स्टाफनर्स’ कार्यक्रमलाई प्रदेश ३ सरकारले चालू आर्थिक वर्षदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ ।

सामाजिक विकास मन्त्रालयले अघि सारेको कार्यक्रम गत आर्थिक वर्ष नमुना योजनाका रूपमा २० विद्यालयमा मात्र कार्यान्वयनमा ल्याइएको थियो । गत वर्ष सीमित विद्यालयमा लागू गरिएको योजना सफल र प्रभावकारी भएपछि चालू आर्थिक वर्षदेखि प्रदेशका सबै (एक सय एक) स्थानीय तहमा पु¥याउने योजना प्रदेश सरकारले अघि बढाएको हो ।

मन्त्रालयले कार्यविधि बनाएर लिखित, मौखिक र अनुभवका आधारमा एक सय सय एक स्थानीय तहका लागि ९३ जना नर्सलाई नियुक्त गरेको छ । मन्त्रालयका अनुसार हाल ९३ जना विद्यालय नर्सलाई कार्यक्षेत्रमा खटिएका छन् ।

बाँकी आठजनाका लागि अपुग स्थान छनोट गरेर खटाइने तयारी गरिएको प्रदेश ३ का स्वास्थ्य निर्देशक रमेश अधिकारीले जनाकारी दिए । ३ भदौमा मन्त्रालयले स्टाफनर्सका लागि आवेदन खुला गरेको थियो । इच्छुक आठ सयजनाले निवेदन दिएका थिए । जसमध्ये लिखित, मौखिकमा सफल भएका र अनुभवका आधारमा ९३ जनालाई नियुक्ति दिइएको निर्देशक अधिकारीले बताए ।