१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २७ बुधबार २१:१२:००
Read Time : < 1 मिनेट
समाचार

डा. केसी सेती प्रादेशिक अस्पतालमा भर्ना

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार २१:१२:००

डडेलधुरामा नौ दिनसम्म अनसन बसेका डा. गोविन्द केसी उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् । उनी बुधबार साँझ अस्पतालकाे विशिष्ट कक्षमा भर्ना भएका हुन् ।

डा. केसीको 'फिजिसिएन' डाक्टर निराजनदत्त पौडेल शर्माले उपचार गरिरहेका छन् । पत्रकारसँग छोटो कुरा गर्दै डा. केसीले आफू स्वस्थ रहेको बताएका छन् । सरकारले आफ्ना माग पूरा नगरे पुनः अनसन बस्ने उनले बताए ।

डा. केसीले कात्तिक १७ गतेदेखि ७ बुँदे मागसहित डडेलधुरामा अनसन सुरु गरेका थिए । राष्ट्रियताको संवेदनशिलताको विषयमा देशभर जनस्तरबाट आवाज उठेको भन्दै उनले अनसन स्थगित गरेका थिए । धनगढीमा उपचारपछि उनी काठमाडौँ फर्किने छन् ।