१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २७ बुधबार २०:३१:००
Read Time : < 1 मिनेट
विश्व

एउटा घडीकाे मूल्य साढे ३ अर्बभन्दा बढी, विश्वकै महंगाे भएकाे रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २७ बुधबार २०:३१:००

सामान्यतय एउटा घडीकाे मूल्य कति पर्ला ? याे प्रश्नकाे उत्तरमा हामीहरू केही हजारकाे कुरा गर्छाैँ हाेला । तर स्विट्जरल्याण्डमा एउटा घडीकाे मूल्य करिव तीन अर्ब ५७ करोड (३१ मिलियन स्विस फ्रैंक)मा बिक्री भएकाे छ । सुन्दा पनि पत्याउन नसकिने यो घडीको मूल्य सामान्य पसलमा बेचिने घडीकाे भने हाेइन ।

घडीकाे बिक्री लिलामीमार्फत भएकाे हाे । बिक्री भएपछि उक्त घडी विश्वमा नै सबैभन्दा महंगाे घडी बनेकाे समाचारमा जनाइएकाे छ । घडी बेच्ने मानिसले उक्त रकम दान गर्ने बताएका छन् । उनको नाम गोप्य खुलाइएकाे छैन ।

गत शनिबार स्विट्जरल्याण्डकाे राजधानी जेनेभाकाे होटल डेस बर्गसमा लिलामीकाे अक्सन भएकाे थियाे । घडीकाे लिलामी हुने भएपछि सुरूवातमा ३ मिलियन स्विस फ्रैंक कबाेल गरिएकाे थियाे । पछि ३१ मिलियनमा लिलामी भएकाे थियाे । याे घडी फिलिप कम्पनीकाे हाे । यसकाे नाम 'ओनली वाच' राखिएकाे छ । याेभन्दा पहिले डायटोना रोलैक्स घडी विश्वकाे सबैभन्दा महंगाे रहेकाे थियाे । यसकाे मूल्य २ अर्ब तीन कराेड रहेकाे थियाे । एजेन्सी