आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका ३ नम्बर वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलका पाँच जनाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन कार्यालयको अधिकृत गोपालप्रसाद बास्तोलाको अनुसार निर्धारित समयअवधिसम्ममा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उनका अनुसार सबैभन्दा पहिला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्णबहादुर तामाङ्ग, दोसो्रमा कांग्रेसका उम्मेदवार दिपबहादुर तामाङ्ग, समाजवादीका पदम बहादुर शाही, राप्रपा समुहका भीमबहादुर तामाङ्ग र अन्तिममा राप्रपा संयुक्तका श्रीधन तामाङ्गले उम्मेदवारी दर्ता गराएका हुन् ।
सबै राजनीतिक दलका उम्मेद्वारहरुले बाजागाजा सहित उम्मेदवारी दर्ता गराएका थिए । पुनर्वास नरपालिका ३ नम्बर वडाध्यक्षमा निर्वाचित फैरु तामाङ्ग जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो ।
०७४ असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचन नेकपाका उम्मेदवार फैरु तामाङ्ग उक्त वडाबाट निर्वाचित भएका थिए ।