१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २७ बुधबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार

खार्पुनाथको उपाध्यक्षका लागि ३ जना उमेदवारले गराए मनोनयन दर्ता

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार १३:३५:००

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । 

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा खार्पुनाथको उपाध्यक्ष पदका लागि बुधबार ४ पार्टीका उमेदवारले मनोनयन दर्ता गराएका हुन् । 

सबै पार्टीले उमेदवार टुंगो लगाएसँगै बुधबार मनोनयन दर्ता गराएका हुन् । नेकपाबाट रुपा शाही, कांग्रेसबाट तारा शाहीले दर्ता गराएका छन् । त्यस्तै राप्रपा संयुक्तबाट दिपबहादुर शाहीले मनोनयन दर्ता गराएका छन् ।

नेकपा, कांग्रेसलगायतका दल विपक्षी पार्टीको उमेदवार अनुसार आफ्नो पार्टीमा टुंगो लगाउने भन्दै कुर्न थालेपछि उमेदवार चयनमा ढिलाइ भएको थियो ।