मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २७ बुधबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार

४५ वर्षपछि जुनको प्रकाशमा अन्न सुकाइयो

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २७ बुधबार १३:०९:००

नेवार समुदायले मकै सुकाउने पूर्णिमा सामुहिक रुपमा मनाएका छन् । मंगलबार साँझ ठूलो आँगनमा आ-आफ्नो घरबाट नौ प्रकारका भुटेको अन्न संकलन गरि सामुहिक पुजा गरेर पर्व मनाएका हुन् । 

पूर्णिमाको दिन १२ वटा चन्द्रमा एकै ठाउँमा उदाउने विश्वासका साथ अन्नलाई जूनको प्रकाशमा सुकाउने गरिन्छ । यसरी जूनमा सुकाउको अन्न ६ महिनासम्म पनि नबिग्रिने र सेवन गरेमा पाचन प्रणाली बलियो भएर रोग नलाग्ने जनविश्वास छ ।

संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको यो पर्व सामुहिक रुपमा मनाउन थालेका स्थानीय सुरेशमान श्रेष्ठले बताए । ‘४५ वर्ष पछि सामुहिक रुपमा मनाउन यो परम्परालाई फेरि निरन्तरता दिएका छौँ,’ उनले भने । 

‘हरेक चीजलाई भगवानको स्वरुप मान्छाैँ र पुजा गर्ने गर्छाै,’ मोहनलाल श्रेष्ठले बताए ‘ चन्द्रमामा देखाउँदा अनिकाल लाग्दैन र राम्रो उब्जनी हुने जनविश्वास छ ।’ । उक्त पर्वलाई लोप हुन नदिन र पछिल्लो पुस्तालाई यसको महत्व बुझाउन पनि निरन्तरताको आवश्यकता देखिएको उनले बताए ।