मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०९:४४:००
Read Time : > 4 मिनेट
सेयर बजार

नाफा सुरक्षित गर्दा बजारमा करेक्सन

Read Time : > 4 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०९:४४:००

अघिल्लो दिन बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव ४९ प्रतिशत घटेर बन्द भएको हो । अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्दा यस दिन बजारमा करेक्सन देखिएको हो । लामो समयदेखि बजार सुस्त गतिमा रहँदा लगानीकर्ताले नाफा कमाउन सकिरहेका थिएनन् । तर, सोमबार बजार दोहोरो अंक बढेपछि मंगलबार अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागे । फलस्वरूप यस दिन बजार घटेर बन्द भएको हो । कम्पनीहरूले घोषणा गरेको लाभांश र प्रकाशित गरेको पहिलो त्रैमासको नाफामूलक वित्तीय विवरणले आगामी दिन बजारलाई सकारात्मक दिशा दिने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

बजार सारांश
मंगलबार नेप्से परिसूचक ५ दशमलव ६१ अंक घटेर १ हजार १ सय ३९ दशमलव ९६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७३ अंक घटेर २ सय ५१ दशमलव ५७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ अंक घटेर बन्द भएको छ । यस दिन १ सय ६१ कम्पनीको ५ हजार ३२ पटकको कारोबारमा ३७ करोड ९८ लाख ४९ हजार ४ सय ३५ रुपैयाँबराबरको १० लाख ८२ हजार ८ सय १५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ४७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २१ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६१ कम्पनीमध्ये २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ३६ दशमलव ६४ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३३ दशमलव ३२ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४५ दशमलव २० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ५० दशमलव ४४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

हिमालयन डिस्टिलरीको उच्च कारोबार 
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टिलरी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ४ सय २ पटकको कारोबारमा ६ करोड ९७ लाख ४० हजार रुपैयाँबराबरको ३८ हजार ७ सय २३ कित्ता सेयर खरिद–बिक्री भएको छ । कम्पनीले गत आवको मुनाफाबाट १ सय २ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीतर्फ आकर्षित भएका हुन् । कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ६ सय ३५ पटकको कारोबारमा ६ करोड ४५ लाख ५८ हजार रुपैयाँबराबरको १ लाख ६९ हजार ९६ कित्ता सेयर खरिद–बिक्री भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको कारोबार रकम यस दिन २ करोड नाघेको छ भने नबिल बैंक, कुमारी बैंकको संस्थापक सेयर र प्रभु बैंकको १ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ प्रतिशत बढ्यो हिमालयन डिस्टिलरीको सेयरमूल्य
यस दिन कारोबारमा आएको हिमालयन डिस्टिलरीको सेयरमूल्य सर्वाधिक ७ दशमलव ५४ प्रतिशत बढेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १ सय २९ रुपैयाँ बढेर १ हजार ८ सय ३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । उच्च लाभांश घोषणाका कारण यस कम्पनीको सेयरमूल्य पछिल्लो समयमा उच्च रूपमा बढिरहेको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य यस दिन ३ दशमलव १५ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको २ दशमलव ६३ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ । यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५ दशमलव शून्य ८ प्रतिशत घटेको छ । कारोबारमा आएको स्वाभिमान लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक, विजय लघुवित्त वित्तीय संस्था, आइएमई जनरल इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

१० समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएको ११ समूहमध्ये १० समूहको परिसूचक घटेको छ भने १ समूहको परिसूचक बढेको छ । हिमालयन डिस्टिलरीको सेयरमूल्य बढेसँगै उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ३७ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ३३ प्रतिशत घटेको छ । विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ८४ प्रतिशत, होटेल समूहको शून्य दशमलव ७३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ६५ प्रतिशत र वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत घटेको छ । त्यसैगरी, म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशमलव २३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव १ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

सन्राइज बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो
सन्राइज बैंक लिमिटेडले कात्तिक २० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको १० दशमलव २५ प्रतिशत सन्राइज डिबेन्चर २०८३ मा आवेदन दिने अवधि लम्बिएको छ । सो ऋणपत्रमा अब मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निष्कासन बन्द छिटोमा कात्तिक २४ गते हुनेछ भने ढिलोमा मंसिर १९ गते हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई केयर रेटिङ्स नेपालले केयर एनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । 

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रहेको छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले असोज २९ गते अनुमति दिएको थियो । 

हिमालयन डिस्टिलरीको लाभांश
हिमालयन डिस्टिलरी लिमिटेडले गत आवको मुनाफाबाट १ सय २ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक २४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले ५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागिसहित गरी ५२ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । कम्पनीले पुस १ गते वीरगन्ज कम्पनीको रजिस्टर्ड कार्यालय, पर्सामा उन्नाइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्नेछ ।

रिडी हाइड्रोपावरको लाभांश
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक २२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयरको कर प्रयोजनका लागिसहित गरी सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । 

सबैको लघुवित्तको साधारणसभा
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २१ गते मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुरमा तेस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १३ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरण पश्चात् १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र मर्जर तथा एक्विजिसन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।