१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०९:३२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कन्भर्जन डिसअर्डर : यस्तो छ भ्रम र यथार्थ

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०९:३२:००
डा. सरोजप्रसाद ओझा
वरिष्ठ मनोचिकित्सक
त्रिवि शिक्षण अस्पताल

अत्यधिक तनाव, डर, चिन्ता आदिका कारण कन्भर्जन डिसअर्डर हुन्छ । मानसिक तनावले गर्दा शारीरिक रूपमा विभिन्न लक्षण देखा पर्छन् । जस्तै– रुने, कराउने, बेहोस हुने, प्यारालाइसिस हुने, श्वास छिटो चल्ने आदि । तनावका कारण यस्ता शारीरिक समस्या देखा पर्ने अवस्था कन्भर्जन डिसअर्डर हो । 

सामान्यतया किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन छिटो–छिटो हुने गर्दछ । जसले गर्दा समाजमा सहज तरिकाले घुलमिल हुन गाह्रो भइरहेको हुन्छ । तीव्र इच्छा, चाहनालाई दबाएर बस्नुपर्ने अवस्था हुन्छ । जसले गर्दा किशोरावस्थामा मानसिक तनाव सिर्जना हुन्छ । विशेषगरी, किशोरीहरूले आफ्ना कुरा बढी गुम्स्याएर राख्ने भएकाले उनीहरूमा कन्भर्जन डिसअर्डरको समस्या तुलनात्मक रूपमा धेरै देखिन्छ ।

यो एक व्यक्ति वा समूहमा पनि हुन सक्छ । कतिपय अवस्थामा एकै समूहका भन्दा बढी व्यक्ति बेहोस हुने गर्दछन्, जसलाई मास कन्भर्जन डिसअर्डर भनिन्छ । यसबाट किशोर–किशोरी बढी प्रभावित हुने भए पनि बालबालिका र वृद्धवृद्धामा समेत समस्या देखिन्छ । 
भ्रम
कन्भर्जन डिसअर्डर हिस्टेरियाको परिवर्तित नाम हो । तर, हिस्टेरियालाई महिलामा मात्र हुने, यौनजन्य रोग, सरुवा रोगको रूपमा चिनिने गरिन्थ्यो, जुन गलत हो । कन्भर्जन डिसअर्डर मानसिक तनावका कारणले युवा अवस्थामा बढी हुने गर्दछ । जुन महिलामा बढी देखिने गरे पनि पुरुषमा समेत हुने गर्दछ ।

कतिपयमा अत्यधिक यौनचाहनाका कारण कन्भर्जन डिसअर्डर देखिन्छ । जुन विवाहपश्चात् आफैँ निको भएर जान्छ भन्ने भ्रमसमेत छ । तर, कतिपयमा विवाहपश्चात् तनाव सुरु भएर पनि समस्या देखिन सक्छ । खासमा यो समस्या तनाव व्यवस्थापनले ठीक हुने गर्दछ ।


कारण 

  •  कुनै असामान्य दुर्घटना वा यौनजन्य हिंसा कन्भर्जन डिसअर्डरको मुख्य कारण मानिन्छ । व्यक्तिको दिमागमा कुनै कुराले गहिरो नकारात्मक प्रभाव पारेमा कन्भर्जन डिसअर्डर हुन सक्छ । 
  •  तनाव व्यवस्थापन गर्न नसक्नु पनि अर्को मुख्य कारण हो । अपरिपक्व उमेर र ज्ञानले यसमा महŒवपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
  •  पारिवारिक वातावरण अर्थात् परिवारमा झगडा भइरहने वातावरण भएमा समेत तनाव हुने गर्दछ । 
  •  कतिपय अवस्थामा वंशानुगत गुणका कारण कन्भर्जन डिसअर्डर हुन सक्छ । त्यस्तै, काममा असफलता, तनावपूर्ण वातावरण, हिंसा आदिबाट समेत कन्भर्जन डिसअर्डर हुने गर्दछ । 

कन्भर्जन डिसअर्डर हिस्टेरियाको परिवर्तित नाम हो । तर, हिस्टेरियालाई महिलामा मात्र हुने, यौनजन्य रोग, सरुवा रोगको रूपमा चिनिने गरिन्थ्यो, जुन गलत हो । कन्भर्जन डिसअर्डर मानसिक तनावका कारणले युवा अवस्थामा बढी हुने गर्दछ । जुन महिलामा बढी देखिने गरे पनि पुरुषमा समेत हुने गर्दछ । 

कसरी थाहा पाउने ?

  •  एक्कासि बेहोस हुने हुन्छ । यदि समूहमा भयो भने एकपछि अर्को गर्दै धेरैजना बेहोस हुने गर्दछन् । यो किशोरावस्थामा बढी हुन्छ । 
  •  अत्यधिक टाउको दुख्ने गर्दछ । शरीर काम्ने, शरीरको कुनै एक भाग नचल्ने, बोली नआउने जस्ता समस्या हुने गर्दछन् । अधिकांश बिरामी डराउने गर्दछन् । लामो–लामो श्वास फेर्ने, आँखा नदेख्ने, रुने, कराउने, स्मरणशक्ति हराउने जस्ता विभिन्न लक्षण देखिन्छन् । 

रोकथाम र उपचार

  •  तनावको कारण पत्ता लगाएर यसको सही व्यवस्थापन गर्नु नै कन्भर्जन डिसअर्डरको मुख्य समाधान हो । यदि कुनै दुर्घटना तथा मानसिक रूपले विचलित हुने खालका अन्य घटना भएमा तनाव बहन गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ । कन्भर्जन डिसअर्डर कडा खालको मानसिक रोग होइन । सामान्य मनौवैज्ञानिक परामर्शबाट यसको उपचार गर्न सकिन्छ ।