मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
उज्ज्वल काफ्ले
२०७६ कार्तिक २७ बुधबार ०९:२१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

म:ममा मौलिकता

Read Time : > 1 मिनेट
उज्ज्वल काफ्ले
२०७६ कार्तिक २७ बुधबार ०९:२१:००

अध्ययनका लागि लन्डन गएका निभेन अमात्य ६ वर्षअघि देशमै केही गर्ने अठोट बोकेर फर्किएका थिए । त्यसपछि उनले काठमाडौंको महाराजगन्जमा ‘बी एन्ड डी’ नामक क्याफे खोले । चाउमिन, पास्ता, म:मलगायत धेरैथरीका परिकार उनले सर्भ गर्थे । यसमध्ये सबैभन्दा बढी माग म:मको हुन्थ्यो । 

मःममा मौलिकता घुसाउने कल्पनामा अमात्य डुबे । नेवारी संस्कृतिमा भगवान्को पूजा गर्दा सालको पातमा प्रसाद राख्ने चलन छ । अतिथिलाई भगवान् मानेर सालको पातबाट बनेको बोतामा परिकार सर्भ गर्ने विषयमा अमात्यले साथीभाइसँग छलफल गरे । लामो छलफलपछि अतिथि देवो भव नारा राखेर कुमारीपाटीमा ‘बोता सिम्पली मःम’ सुरु गरे ।

अहिले यस रेस्टुरेन्टका नौवटा शाखा छन् । कुमारीपाटीसहित, अनामनगर, झोत्से, कालिमाटी, भक्तपुर, महाराजगन्ज नारायणगोपालचोक, पुलचोक र बौद्धमा रहेका आउटलेटले बोतामा म:म सर्भ गर्छन् । थप पाँच ठाउँमा शाखा विस्तार गर्ने तयारी सुरु भइसकेको अमात्यले बताए । 

बोताका अप्रेसन इन्चार्ज बिजिन प्रधान भन्छन्, ‘बजारमा पाइने प्लास्टिकका भाँडाभन्दा महँगो छ, सालको पातबाट बनाइएको बोता । प्लास्टिकको भाँडाले वातावरणलाई प्रदूषित बनाउँछ ।

बोताका अप्रेसन इन्चार्ज विजिन प्रधान भन्छन्, ‘बजारमा पाइने प्लास्टिकको भाँडाभन्दा महँगो छ, सालको पातबाट बनाइएको बोता । प्लास्टिकको भाँडाले वातावरणलाई प्रदूषित बनाउँछ । तर, सालको पातले कुनै असर गर्दैन ।’ प्रधानका अनुसार ती स्थानमा साँधेको म:म, ओपन मःम, चप्सी मःम, कोथे मःम, झोल मःम, क्रन्ची म:म, लाफिङ म:मलगायत २५ भिन्न स्वादका म:म चाख्न पाइन्छ । जसमध्ये साँधेको र ओपन म:म धेरैजसो ग्राहकको रोजाइमा पर्छ । 


भेराइटी 
ओपन म:म यो नर्मल स्ट्रिम मःमजस्तै हुन्छ । यसमा चारवटा प्वाल हुन्छ । ३–४ वटा प्वालमा विभिन्न प्रकारका अचार प्रयोग हुन्छ । त्यसैगरी, साँधेको म:म चाउचाउ साँदेको जस्तै हुन्छ । यो केही पिरो हुने गर्छ । त्यस्तै, क्रन्ची मःम चपाउँदा कुरुम–कुरुम हुने गर्छ । शाकाहारीका लागि पनि यहाँ भिन्न स्वादका म:म उपलब्ध छन् ।

त्यसैले मांसाहारी र शाकाहारी दुवैखाले ग्राहक आउने गरेको प्रधान बताउँछन् । बोताले अहिले म:मसँगै अन्य परिकारसमेत पस्कने गरेको छ  । ‘नेवारी खाजा सेट यहाँ चलेको परिकार हो । बर्गर, नुडल्स, रोललगायत विदेशी परिकार पनि पस्किने गरेका छौँ,’ प्रधानले भने । बोताका नौवटा शाखामा दुई सय ५० जना कार्यरत छन् । ‘ग्राहकको सन्तुष्टि र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो,’ प्रधानले भने ।