मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०९:२७:००
Read Time : < 1 मिनेट
विश्व

 अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०९:२७:००

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई सोमबार अस्पताल भर्ना गरिएको छ । ९५ वर्षीय कार्टरलाई सोमबार बेलुका भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा भर्ना गरिएका कार्टरलाई नसा फुटेर रक्तस्राव भएकोे उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनी यसअघि अक्टोबर २२ मा अस्पताल भर्ना भएका थिए । त्यतिवेला उनलाई जर्जियास्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो ।