मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०१:४३:००
Read Time : < 1 मिनेट
अर्थ

 इस्टम्यान ब्याट्रीको आधिकारिक वितरकमा मिथिला अटो क्राफ्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०१:४३:००

जनक अटो प्रालिको छाता संगठन मिथिला अटो क्राफ्ट प्रालि भारतीय उत्पादन इस्टम्यान ब्याट्रीको आधिकारिक वितरक बनेको छ ।

हालै दिल्लीमा भएको सम्झौतासँगै मिथिला अटो इस्टम्यान अटो एन्ड पावर कम्पनीको उत्पादनको आधिकारिक वितरक बनेको हो ।

इस्टम्यान अटो एन्ड पावर कम्पनीका भाइस प्रेसिडेन्ड थारकेस रेड्डी तथा डेपुटी जनरल म्यानेजर सन्दीप चित्कारा एवं जनक अटोका डाइरेक्टर ऋषिकेश शाहले मिथिला अटो इस्टम्यान ब्याट्रीको नेपालका लागि आधिकारिक विक्रेता रहनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । इस्टम्यान आटो एन्ड पावर ब्याट्री, सोलार, इन्भर्टर तथा ई–रिक्साको ब्याट्री उत्पादन गर्ने कम्पनी हो ।