मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ

महासंघमा व्यावसायिक मेलमिलाप केन्द्र

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:४६:००

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा व्यावसायिक मेलमिलाप केन्द्र स्थापना भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघ अध्यक्ष भवानी राणाले मंगलबार संयुक्त रूपमा मेलमिलाप केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटनपछि महासंघले गरेको ‘व्यावसायिक मेलमिलाप’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा न्यायाधीश खतिवडाले व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम केन्द्रलाई बनाउन निजी क्षेत्रलाई आग्रह गरे ।

व्यावसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधान नै व्यावसायिक मेलमिलाप भएकाले सर्वोच्च अदालतले समेत व्यावसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेको बताए ।   

उक्त अवसरमा महासंघ अध्यक्ष राणाले मेलमिलापलाई व्यावसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसात् गर्नुपर्ने बताइन् । ‘मेलमिलापबाट छिटो, छरितो र सजिलोसँग विवाद समाधान हुन सक्ने भए तापनि कतिपय व्यावसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पुर्‍याउने, विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्ति बढेको छ, यसले गर्दा विवादित पक्षले निकै ठूलो नोक्सानी व्यहोर्नुपरेको छ,’ उनले भनिन्, ‘त्यसैले, व्यावसायिक मेलमिलापलाई विवाद समाधानको महत्वपूर्ण माध्यमका रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्छ ।’ अध्यक्ष राणाले महासंघले संस्थागत व्यवस्था गरी मेलमिलापको सेवा उपलब्ध गराउने, मेलमिलाप पद्धतिलाई भरपर्दो र व्यवस्थित तरिकाले प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको जानकारी दिइन् ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यावसायिक एवं आर्थिक कारोबार गर्ने पक्षहरूबीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।