मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मी बलायर
२०७६ कार्तिक २७ बुधबार ०८:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग

काठमाडौं औधी मन पर्छ

Read Time : < 1 मिनेट
लक्ष्मी बलायर
२०७६ कार्तिक २७ बुधबार ०८:४१:००

घुमफिरमा कसलाई पो रुचि नहोला र ! म पनि घुमफिरको सौखिन छु । तर, कामको व्यस्तताका कारण सोचेजस्तो घुमघाम गर्न पाएकी छैन । नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै छ । यसपटक श्रीमान् निश्चल बस्नेतसँग कहीँ न कहीँ घुम्न जाने सोच बनाएकी छु । कहाँ गइन्छ भन्ने निश्चित भइसकेको छैन । मनाङ, राराताल, खप्तड आदि ठाउँमा घुम्ने इच्छा छ ।

स्वस्तिमा खड्का

मलाई नेपालका सबै ठाउँ घुम्न मन पर्छ, तर काठमाडौं औधी मन पर्छ । बाहिर हुँदा जतिसक्दो चाँडो काठमाडौं नै फर्किहालौँ जस्तो लाग्छ । पोखराजस्तो सुन्दर ठाउँमा पुग्दा पनि काठमाडौं नै फर्किहालौँ जस्तो लाग्छ । मेरो काम पनि यहीँ छ । जतिसुकै जाम, धुलो, धुवाँ र फोहोर भए पनि मलाई काठमाडौं निकै प्यारो लाग्छ । काठमाडौंबाहेक रोज्नुप-यो भने पोखरा रोज्छु । पोखरा सुन्दर, शान्त र रमणीय छ ।

नेपालबाहिर अष्ट्रेलियाको सिड्नी र म्यानमार मेरो रोजाइका गन्तव्य हुन् । विदेश जाँदा त्यहाँका विमानस्थलबाटै त्यस मुलुकप्रतिको धारणा बन्छ । नेपाल आउने पर्यटक भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थिति र कर्मचारीले गर्ने व्यवहारबाटै रुष्ट भइसकेका हुन्छन् । त्यसैले नेपाल आउने विदेशी पर्यटकलाई हामी सबैले राम्रो स्वागत र सत्कार गर्न सक्नुपर्छ ।

फिल्मनिर्माताहरूले पनि नयाँ र चिनाउन नसकिएका गन्तव्यहरूमा सुटिङ गरेर तिनको प्रवद्र्धनमा सहयोग पु-याउनुपर्छ । अहिले सामाजिक सञ्जालहरू प्रभावकारी देखिएका छन् । नेपालमा पर्यटन प्रवद्र्धनका लागि प्रशस्त ठाउँ छन् । सामाजिक सञ्जालको प्रयोगमार्फत तिनको प्रचार प्रसारमा सबै जुट्नुपर्छ ।