मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:१०:००
Read Time : < 1 मिनेट
समाचार

कोसीपारि १५ शैय्याको अस्पताल बन्दै

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:१०:००

काभ्रेको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ धुसेनी सिवालयमा १५ शैय्याको अस्पताल बन्ने भएको छ । धुसेनी शिवालय स्वास्थ्यचौकीलाई अपग्रेट गरेर अस्पताल निर्माण गर्न लागिएको हो । 

सोमबार प्रदेश ३का सामाजिक विकासमन्त्री युवराज दुलालले अस्पताल भवनको शिलान्यास गरे । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो अस्पताल भवन प्रदेश सरकारकै पहिलो पालिकास्तरको अस्पताल भवन हो । अस्पताल भवन शिलान्यास गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गर्नुपर्ने बताए । प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारले घोषण गरेअनुसार प्रदेश ३ को पहिलो अस्पताल शिलान्यास गरेको मन्त्री दुलालले जानकारी दिए ।

 प्रदेशभर १८ अस्पताल
प्रदेश सरकारले लगानी गरेर १५ श्ययाको अस्पताल निर्माण हुने र सेवा सञ्चालन हुने पहिलो गाउँपालिका चौरीदेउराली भएको भन्दै उनले प्रदेशभित्र १८ वटा अस्पताल निर्माण गरिने बताए । साबिक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई अपग्रेट गरी निर्माण हुन लागेको १५ शैय्याको अस्पताल २१ रोपनी जग्गामा  बन्न लागेको हो । उक्त जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका चौरीदेउराली गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए ।

गौतमका अनुसार २२ जना स्थानीयले निःशुल्क उपलब्ध गराएका छन् । प्रदेश सरकारले ६ करोड उपलब्ध गराएकोमा धुलिखेल निर्माण सेवाले चार करोड ६६ लाखमा निर्माण सम्पन्न हुने गरी सम्झौता गरेको गौतमले जानकारी दिए । अस्पतालका लागि डाक्टरको समेत नियुक्ति भइसकेको गाउँपालिकाले जनाएको छ ।

 राजधानी काभ्रे उपयुक्त
मन्त्री दुलालले प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त हुने बताएका छन् । प्रदेश ३ का सबै जनता समान रहेको भन्दै उनले भूगोलको आधारमा बीच काभ्रे पर्ने भएकाले प्रदेशको राजधानी उपयुक्त हुने उनको तर्क थियो ।