मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निदान अस्पतालका सिइओ र चिकित्सक पुर्पक्षका लागि थुनामा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०७:३९:००

नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको अभियाेगमा ललितपुरस्थित निदान अस्पतालका सिइओ र चिकित्सकसहित पाँच जनालाई पुपर्क्षका लागि थुनामा पठाउने आदेश भएकाे छ ।

ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गाैला लिने शंकरलाल लामालाई थुनामा पठाउने आदेश दिएको हो । 

लामाबाहेक पक्राउ परेका अन्य चारै जना मिर्गौला प्रत्यारोपणमा कागजात प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गाैला निकालिएको थियो ।