मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विराज महर्जन, पूर्वकप्तान, राष्ट्रिय फुटबल टोली
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १४:५५:००
Read Time : < 1 मिनेट
नयाँCity

डेनिस साथीको उपहार त्यो बुट

खेल संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १४:५५:००

०६४ सालतिर एनआरटी क्लबबाट खेलिरहेको थिएँ । क्लबमा सायन मोर्सडी नामका मेरा डेनिस साथी पनि थिए । उनी डेनमार्कका राजदूतका छोरा थिए । मोर्सडीले मलाई नाइकी ब्रान्डका नाइन्टी नामको बुट उपहारस्वरूप दिएका थिए ।

त्यो बुट लगाउँदा मलाई धेरै सहज लागेको थियो । त्यो बुट लगाएर खेल्दा शतप्रतिशत मात्र होइन, दुई सय प्रतिशत राम्रो प्रदर्शन गर्न सक्छु भन्ने आत्मविश्वास आएको थियो । मैले सोचेअनुसार नै त्यो बुटले राम्रो पर्फर्मेन्स दियो । मैले करिब चार वर्ष लगाएँ, त्यो बुट ।

साथीभाइले कति टिकेको यो बुट भन्थे । सोही ब्रान्डका नयाँ–नयाँ मोडल आइसकेका थिए । मलाई भने त्यो बुट लगाउने रहर पूरा भएको थिएन । त्यसैले तालिम, प्रशिक्षण र घरतिरै अभ्यासका लागि मात्र त्यसको प्रयोग गर्न थालेँ । खेलमा लगाउन छाडेँ । राष्ट्रिय टिममा हुँदा पनि मैले त्यो बुट लगाएर खेलेको थिएँ । साथीको उपहार त्यो बुट मेरा लागि निकै विशेष छ । पछि त्यो बुट मैले दाइलाई लगाउन दिएँ ।

हरेक फुटबलरका लागि सबैभन्दा महत्वपूर्ण सामान नै उनीहरूका जुत्ता, मोजालगायत स्पोर्टस् किट्स हुन् । खेलाडीका लागि यी यस्ता हतियार हुन्, जुनविना मैदानमा जानै पाइँदैन । गोलकिपरका लागि ग्लोभ्सजस्तै डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरका लागि बुट निकै महŒवपूर्ण हुन्छन् । जति सहज र आरामदायी बुट हुन्छन्, त्यति नै राम्रो प्रदर्शन गर्न सकिन्छ ।

मलाई नाइकी र एडिडास ब्रान्डका बुट बढी मन पर्छ । त्यसमा पनि एडिडास नै बढी सहज लाग्छ । बुटको गुणस्तरअनुसार मूल्य पनि महँगो पर्छ । ६ हजारदेखि २५ हजार रुपैयाँभन्दा बढी मूल्यका बुट बजारमा पाइन्छन् ।