१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार

बंगलादेशका राष्ट्रपति काठमाडौं आइपुगे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १३:३९:००

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार दिउँसो विमान बंगलाको नियमित उठडानबाट काठमाडौं आएका छन् ।  राष्ट्रपति हामिद तीनदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो १२ बजेर ५८ मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई चारदिने सद्भाव भ्रमणमा आएका हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा स्वागत गरेकी छन् । 

आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले बंगाली समकक्षी हमिदको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।

हामिदको सुरक्षार्थ १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपाल आएका हामिद बिहीबार दिउँसो फर्कने कार्यक्रम छ । हामिदको स्वागतका लागि राष्ट्रपति भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली त्रिभुवन विमानस्थल पुगेका थिए ।

बंगलादेशको एयर विमानमार्फत त्रिभुवन विमानस्थल ओर्लेका हामिदको सुरक्षार्थ आधा घन्टा आकाश खालि गराइएको थियो । 

हामिद काठमाडौंको नागपोखरीस्थित होटल मारियोटमा बस्ने कार्यक्रम छ । उनकोे सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका गरी १० हजार बढि सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । 

बंगलादेशी राष्ट्रपतिको कार्गेट सुरक्षार्थ पहिलो घेरामा नेपाली सेना परिचालन हुनेछन् । दोस्रो घेरामा नेपाल प्रहरी तथा तेस्रो र चौथो घेरामा क्रमशः सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी सादा पोसाकमा खटिनेछन् ।

तीनदिने भ्रमणमा रहेका राष्ट्रपति हामिद बस्ने होटल मारियोटको सुरक्षाका लागि पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।