मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २६ मंगलबार ०८:३०:००
Read Time : < 1 मिनेट
अर्थ

गोर्खाज फाइनान्स २५औँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २६ मंगलबार ०८:३०:००

र्खाज फाइनान्स लिमिटेडले विविध कार्यक्रम गरी २५औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौं फाइनान्सको नाममा २ करोड चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको हालको पुँजी ८६ करोड ७९ लाख रहेको छ ।

वार्षिकोत्सवका अवसरमा फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगसमेत गरेको छ । अध्यक्ष यादवचन्द्र राईले सेतीदेवी प्राविलाई ५० हजार तथा भीमसेन गोला माविलाई ३५ हजार रुपैयाँको विविध शैक्षिक सामग्री हस्तान्तरण गरे । 

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले गोर्खाज फाइनान्सलाई उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाए । 

राष्ट्रिय स्तरको गोर्खाज फाइनान्सले हाल सातै प्रदेशमा २३ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले मोबाइल तथा इन्टरनेट बैंकिङ, आइपिएस सेवा, डबिट कार्ड, सी–आस्बालगायत आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ ।