Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार

कास्की–२ का उम्मेदवार पौडेलले भने, - प्रधानमन्त्रीजी मेरो जोश सापटी लानोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १३:१५:००

कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उपनिर्वाचनका लागि कांग्रेसका उम्मेदवार खेमराज पौडेलले कालापानीको लालपुर्जा नेपालकै नाममा ल्याउनुपर्ने बताएका छन् । 

उपनिर्वाचनमा उम्मेदवार भएपछि सोमबार ट्वीटर ह्यान्डल बनाएका पौडेलले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गरेको ट्वीटमा लेखेका छन्, ‘मेरै उमेरका प्रधानमन्त्रीलाई आग्रह, हाम्रो कालापानीको लालपुर्जा हाम्रै नाममा ल्याउनुपर्छ ।’ 

राष्ट्रियताको सवालमा प्रधानमन्त्रीलाई कांग्रेसलगायत सबै दलले साथ दिएको बताउँदै नेता पौडेलले तपाईं के गर्दै हुनुन्छ ? भनेर प्रश्न गरेका छन् । 

पौडेलले आफूमा भएको जोश सापटी लिएर दिल्लीसँग कालापानीको विषयमा प्रस्ट कुरा राख्न आग्रहसमेत गरेका छन् । ‘मेरो जोश अलिकति सापटी लानोस््, अनि दिल्लीसँग प्रष्ट राख्नोस्’ पौडेलले लेखेका छन् ।