मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ११:३२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

हर्मोनमा गडबडी कारण र उपचार 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ११:३२:००

डा. राजीव यादव
इन्डोक्रोनोलोजिस्ट
नेसनल मेडिकल कलेज, वीरगन्ज

शरीरमा धेरै किसिममा हर्मोन पाइन्छन्, पिट्युटरी ग्रन्थीबाट उत्पादित विभिन्न हर्मोन, थाइराइड हर्मोन, इन्सुलिन हर्मोन, प्रजननसँग सम्बन्धित हर्मोन, एड्रिनल ग्रन्थीले बनाउने हर्मोन आदि । प्रत्येक इन्डोक्राइन ग्रन्थीबाट निस्कने विशेष प्रकारका झोल रसायन हर्मोन हो । हर्मोनले कोष तथा अन्य ग्रन्थीहरूको कामलाई सक्रिय बनाउने गर्छ । हर्मोन शरीरको रसायनिक सन्देशवाहक हुन्, जसले शरीरमा हुने धेरै प्रक्रियालाई नियन्त्रण गर्न मद्दत गर्छन् । शरीरमा हर्मोनको मात्रा बढी वा थोरै हुँदा विभिन्न समस्या देखापर्छन् । सामान्यतया जीवनशैली, प्राकृतिक कारणले गर्दा पनि हर्मोनमा परिवर्तन आउँछ । 

समस्या

  •  शरीरमा हर्मोनको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा सामान्य परिवर्तन हुँदा पनि स्वास्थ्यमा समस्या देखिन्छ ।
  • हर्मोनल गडबडीले तौल बढ्ने, थकान महसुस हुने, शरीरमा चिसो वा तातोको संवेदनशीलता बढेर जाने, कब्जियत हुने वा पखाला लाग्ने, छाला सुक्खा हुने, छोटो समयमा तौल घट्ने, मुटुमा समस्या देखिने, मांसपेशीमा समस्या हुने, छिटोछिटो पिसाब लाग्ने, जोर्नीमा समस्या आउने, कपाल झर्ने, छिटो भोक लाग्ने वा खान मन नलाग्ने, चिन्ता तथा डिप्रेसनको समस्या देखिने, दृष्टिमा समस्या, बाँझोपनजस्ता समस्या देखिन्छन् ।  
  • महिलामा हर्मोनल गडबडीका कारण हुने मुख्य समस्या पोलिस्टिक ओभरी सिन्ड्रोम हो । महिलामा सामान्यतया महिनावारीको समयमा, गर्भावस्था, स्तनपानको समय र यौवनावस्थामा प्राकृतिक रूपमा हर्मोनमा परिवर्तन देखापर्छ । 
  •  महिनावारीमा गडबडी हुने, कपाल झर्ने, दारी जुँगा आउने वा शरीरका अन्य अंगमा रौँ देखिने, छालामा सुक्खापन आउने, यौनांग सुक्खा हुनेजस्ता समस्या देखिन्छन् । 
  •  पुरुषको वृद्धिविकासमा टेस्टोस्टेरोन हर्मोनले मुख्य भूमिका खेलिरहेको हुन्छ । हर्मोनको मात्रा कम वा धेरै हुँदा स्तन बढेर जाने वा कोमल हुने, मांसपेशीमा समस्या देखिने, यौनइच्छा कम हुने, बाँझोपन, शरीरमा अनावश्यक कपाल वृद्धि, ओस्टियोपोरोसिस अथवा हड्डीमा कमजोरी देखिने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता लक्षण देखिन्छन् । 
  •  त्यस्तै, बालबालिका तथा किशोरकिशोरीमा उमेरअनुसार, मांसपेशीको विकास नहुने, उमेरअनुसार आवाजमा परिपक्वता नआउने, उमेरभन्दा छिटो शरीरका अंग वृद्धि हुने वा नहुनेजस्ता समस्या देखिन्छन् । 

रोकथाम र उपचार

  • शरीरमा हर्मोनको अवस्था रगत परीक्षण, पेल्भिक टेस्ट, अल्ट्रासाउन्ड, बायोप्सी, एमआरआई, एक्सरे, थाइराइड स्क्यान, स्पर्मको अवस्था जाँचलगायत माध्यमबाट पत्ता लगाउन सकिन्छ ।
  •  प्रत्येक हर्मोन असन्तुलनको लक्षण फरक देखिने हुने गर्छ । लक्षणअनुसार पनि शरीरमा हर्मोन असन्तुलनको अवस्था थाहा पाउन सकिन्छ । 
  •  हर्मोनको अवस्था पत्ता लगाइसकेपछि त्यसलाई सन्तुलनमा ल्याउन सकिन्छ । शरीरमा देखिने लक्षणअनुसार स्ट्रोजोन थेरापी, भजिनाइल एस्ट्रोजोन, हाम्रोनल बर्थ कन्ट्रोल औषधिको सेवनबाट हर्मोनलाई सन्तुलनमा राख्न सकिन्छ । 
  •  महिलाको शरीरमा अनावश्यक कपाल देखिने वा छालामा समस्या देखिने समस्या भएमा एन्टिएन्ड्रोजोन मेडिकेसन प्रयोग गरिन्छ । 
  •  टेस्टोराइन थेरापी, थाइराइड हर्मोन थेरापीबाट पनि हर्मोनल गडबडीलाई सुधार गर्न सकिन्छ । खराब जीवनशैलीका कारण पनि कतिपय हर्मोन असन्तुलित हुन्छन्, त्यसैले जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी हुन्छ ।

कसरी हुन्छ असन्तुलन ?

  •  हार्मोन असन्तुलनका विभिन्न कारण छन् । मधुमेह, हाइपोथाइराइडिजम, हाइपर थाइराइडिजम, सिन्ड्रोम, थाइराइडिटिस, हार्मोनल थेरापी, ट्युमर, क्यान्सर, अव्यवस्थित खानपान, तनाव, औषधिको प्रयोग, पिट्युटरी ग्रन्थीमा आउने समस्या र परिवर्तन, क्यान्सरको उपचार आदि विभिन्न कारणले हार्मोनमा परिवर्तन आउने गर्छ । 
  • महिलामा गर्भावस्था, स्तनपान, रजनोवृत्ति, पोलिस्टिक ओभरी सिन्ड्रोम, गर्भनिरोधक चक्कीको अत्यधिक प्रयोग र ओभरीमा आउने परिवर्तनका कारण हार्मोन असन्तुलित हुने गर्छ ।