मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०५:५६:००
Read Time : < 1 मिनेट
अर्थ

एनसेलद्वारा पहिलो  १४ सुपर सेलरलाई पुरस्कार

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०५:५६:००

एनसेलले सञ्चालन गरेको ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स (पिओएस)/खुद्रा विक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन पाएका छन् । 

रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पीपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा विक्रेताले यस योजनाअन्तर्गत २४ क्यारेटको १–१ तोला सुन पुरस्कार पाएका छन् । पिओएस/खुद्रा विक्रेताले यो योजनाको ‘गोल्ड’ समूहअन्तर्गत सुन पुरस्कार पाएका हुन् । 

सिल्भर समूहअन्तर्गत चार खुद्रा विक्रेताले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यु कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वती खाद्य स्टोर (भैँसेपाटी) ले १—१ थान ल्यापटप जित्न सफल भए । यसै समूहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु)ले वासिङ मेसिन जितेको छ । 

यस योजनाअन्तर्गत यी १४ खुद्रा विक्रेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, क्रिकेट खेलाडी सन्दीप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्त रूपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।