१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०७:२४:००
Read Time : < 1 मिनेट
अर्थ

अवैतनिक महावाणिज्यदूतहरूको सम्मेलन आजदेखि

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०७:२४:००

अवैतनिक महावाणिज्यदूतहरूको क्षेत्रीय सम्मेलन काठमाडौंमा मंगलबारदेखि सुरु हुने भएको छ । ‘साझा समृद्धिका’ एकता भन्ने नाराका साथ सोल्टी होटेलमा आयोजना हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । 

विभिन्न मुलुकका विकासको अनुभव साटासाट गर्न, आपसी साझेदारी बढाउन, वातावरण संरक्षण, एवं पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्यले अवैतानिक महावाणिज्यदूतहरूको नेपाली संस्था एचसिसी–नेपालले सम्मेलन आयोजना गर्न लागेको हो । महावाणिज्यदूतहरूको विश्व संस्था एफआइसिएसीसँगको साझेदारीमा गर्न थालिएको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एचसिसी–नेपालका डिन तथा नेपालका लागि दक्षिण कोरियाका महावाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले बताए ।

सम्मेलनमा ७५ मुलुकबाट  कुल १ सय ५० जनाले सम्मेलनमा सहभागिता जनाउने उनले बताए । सम्मेलनमा  ‘साझा समृद्धिका लागि एकता’, ‘लैंगिक समानता’, जलवायु परिवर्तन र ‘कनेक्टिभिटी र प्रस्परिटी’ विषयमा छलफल हुनेछ । ‘नेपालले धेरै वर्षदेखि यो सम्मेलन आयोजना गर्ने प्रयास गरेको थियो, बल्ल सम्भव भयो,’ उनले भने, ‘यो ऐतिहासिक सम्मेलन हुनेछ, यसले मुलुकको बृहत्तर हितमा सघाउनेछ ।’

विश्वभरका विभिन्न मुलुकका महावाणिज्यदूतहरूको छाता संस्था एफआइसिएसीका अध्यक्ष युकुट एकेनले सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको बताए । एचसिसी–नेपालका संस्थापक अध्यक्ष गजेन्द्रबहादुर श्रेष्ठले सम्मेलनले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नेसमेत बताए ।