मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुभाष सुवेदी क्यानडा
२०७६ कार्तिक २६ मंगलबार ०८:५४:००
Read Time : > 1 मिनेट
खेलकुद

क्यानडा नेसनल तेक्वान्दो च्याम्पियनसिप : हिमालयन एकेडेमीले जित्यो १५ स्वर्ण 

Read Time : > 1 मिनेट
सुभाष सुवेदी क्यानडा
२०७६ कार्तिक २६ मंगलबार ०८:५४:००

क्यानेडियन आइटिएफ राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप–२०१९ मा हिमालयन तेक्वान्डो एकेडेमीले उत्कृष्ट प्रदर्शन गरेको छ । सस्काच्युयन तेक्वान्डो फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा हिमालयन एकेडेमीले १५ स्वर्ण, १४ रजत र १९ कांस्य गरी कुल ४८ पदक जितेको छ । 

हिमालयन एकेडेमीका गिब्सन ढकाल, प्रसिद्धि कँडेल, प्रसुन शर्माले २–२ स्वर्ण पदक जिते भने आरुष उप्रेती, अनुप घिमिरे, आर्यन भट्टराई, जोनिस चौधरी, प्रद्योतन निरौला, प्रसुभ अधिकारी, रिकेश पुरी, स्पन्दन गौतम र सुभम अधिकारी १–१ स्वर्ण जिते । 

यसैगरी विवेक तिम्सिना, गणेश बोहरा, जेम्स चौधरीले २–२ रजत पदक जित्दा आरम्भ खरेल, अवि सिंह, आदित्य अधिकारी, अरिक पौडेल, आयुस ओझा, विवश लामिछाने, जेनिसा चापागाईं र रिकेस पुरीले एक–एक रजतमा चित्त बुझाए । 

अनुप रसाइली, प्रवेश पौडेल, रियाज अर्याल र शशांक भण्डारीले २–२ कांस्य पदक जित्दा आरम्भ खरेल, आरुष उप्रेती, अवि सिंह, आदित्य अधिकारी, अनुप घिमिरे, एरिक पौडेल, आर्यन भट्टराई, आयुष ओझा, भविष लामिछाने, जेनिस चापागाईं र स्पन्दन गौतमले पनि एक–एक कांस्य पदक जिते ।

चार सय ४५० खेलाडी सहभागी
 
प्रतियोगिता नोभेम्बर ८ र ९ मा क्यानडाको सस्काच्युन राज्यको रेजाइनामा भएको थियो । स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश प्रतियोगितामा चार सय ४५० खेलाडी सहभागी थिए । 

हिमालयन एकेडेमी राजु गड्तौला र हुमन गौतमले तीन वर्ष अघिदेखि सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा अहिले नेपाली मूलका ८० भन्दा बढी विद्यार्थी प्रशिक्षणरत छन् । राजु हिमालयन एकेडेमीका प्रशिक्षक हुन् भने हुमन एकेडेमीको व्यवस्थापन  हेर्छन् । 

एकेडेमीले आगामी अक्टोबरमा युरोपमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपको तयारी गरिरहेको प्रशिक्षक राजुले बताए । एकेडेमीमा अहिले नेपालीभाषी विद्यार्थी मात्र रहे पनि आगामी दिनमा अन्य समुदायका खेलाडीलाई पनि समावेश गराइने छ ।