१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०८:३९:००
Read Time : < 1 मिनेट
समाचार

सिटिनेटको ३८औँ बैठक  : समस्याको संयुक्त समाधान खोजिने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०८:३९:००

एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकासहित सरोकारवालाको अन्तर्राष्ट्रिय संस्था सिटिनेटले सदस्य नगरका समस्या पहिचान गरी संयुक्त समाधान खोज्ने निर्णय गरेको छ । कुपन्डोलमा भएको ३८औँ कार्यसमिति बैठकले विपद्बाट हुने क्षति न्यूनीकरण र विपद्बाट बच्ने उपायसम्बन्धी तालिम सञ्चालन गर्ने, वायु प्रदूषण न्यूनीकरण, पोखरी संरक्षणलगायतका योजनामा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

बैठकले सिटिनेटको आगामी बजेट, कार्यक्रम, आर्थिक प्रतिवेदन र  कार्यसम्पादन प्रतिवेदन पारित गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा भाग लिन विभिन्न देशका नगरप्रमुख र संघसंस्थाका प्रतिनिधि गरी ९२ जना नेपाल आएका थिए । नेपालका विभिन्न स्थानीय सरकारका ४३ जनप्रतिनिधिसमेत सहभागी थिए । 

बैठकले धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई सिटिनेटको पूर्ण सदस्य बनाउने निर्णय गरेको छ । बैठकले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र लुमन्ती (आवासका निमित्त सहयोगी संस्था)लाई ‘एसोसिएट’ सदस्य बनाएको छ । ललितपुरसहित काठमाडौं, भरतपुर, विराटनगर र पोखरा महानगरपालिका, वीरगन्ज, धरान, हेटाैंडा र नेपालगन्ज उपमहानगर तथा गोदावरी, महालक्ष्मी, तानसेन नगरपालिका सिटिनेटको सदस्य छन् ।